दुई सय ९० जना जेष्ठ नागरिकलाई ज्याकेट वितरण | Khabarhub Khabarhub

दुई सय ९० जना जेष्ठ नागरिकलाई ज्याकेट वितरण


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दोलखा – जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर–१ र ३ का दुई सय ९० जना जेष्ठनागरिकहरुलाई ज्याकेट वितरण गरिएको छ ।

समाजसेवी तथा सामाजिक कार्यमा सक्रिय शक्ति तामाङको पहलमा उनको गृह गाउँका ६० वर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो कपडा ज्याकेट वितरण गरिएको हो ।

बिहीबार एक कार्यक्रमका बिच वैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाको उपस्थितिमा वैतेश्वर – १ का ४० जना र वडा नम्बर– ३ का दुइ सय ५० जना जेष्ठ नागरिकलाई जाडो छल्ने न्यानो कपडा ज्याकेट वितरण गरेको तामाङले बताए ।

तामाङले आफ्ना अमेरिकी साथी कालेब जोशुअआ मीरसँग समन्वय गरेर गाउँका जेष्ठजनको सम्मान स्वरुप न्यानो सहयोग गरेका हुन्। । वैतेश्वर–३ मिर्गे निवासी तामाङले यस अघि पनि जिल्लाका विभिन्न शैक्षिक संस्ताहरमा सहयोग गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  १० : १४ बजे

मदन पुरस्कार २०८१ : उत्कृष्ट सात पुस्तक सार्वजनिक

काठमाडौं- नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार ‘मदन पुरस्कार–२०८१’ का लागि सात

नेपालको राजनीति बीपीको मेलमिलाप नीतिको जगमा छ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीति

प्रधानमन्त्री र चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोग

चीनको केरूङमा अलपत्र दुई सय नेपालीलाई बुधबार खासा नाका हुँदै ल्याइँदै

रसुवा– रसुवागढी नाकास्थित मितेरी पुल भोटेकोशीको बाढीले बगाएपछि चिनियाँ भूमिमा

विदेश छाडेर गाउँमा जैविक कृषिमा रमाएका ‘कुमार’

भोजपुर– कृषिप्रति यहाँका युवाको मोह बढ्दै गएको छ । वैदेशिक