देशबाट खेदिएका भुटानीको कथामा फिल्म ‘ल्हो– छाम्पा’ बन्ने « Khabarhub

देशबाट खेदिएका भुटानीको कथामा फिल्म ‘ल्हो– छाम्पा’ बन्ने


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् १९९० को दशकमा भुटानबाट खेदिएका नेपाली भाषीहरूको कथामा फिल्म ‘ल्हो–छाम्पा’ बन्ने भएको छ ।

निर्माण पक्षका अनुसार यस फिल्मलले नेपालीभाषी भुटानी स्वदेशबाट लखेटिँदाको अवस्था, शरणार्थी शिविरका समस्या र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा भोग्नु परेको पीडा उजागर गर्नेछ ।

यो फिल्मको निर्माता अर्जुन सुवेदी हुन् । उनी तेस्रो देश पुनर्वासक्रममा अमेरिका रहेका भुटानीमूलका नागरिक हुन् ।

आफूहरूले भोगेका घटना दस्तावेजका रुपमा राख्न फिल्म निर्माण गर्ने सोच पलाएको निर्माता सुबेदी बताउँछन् ।

भन्छन्, ‘भुटानदेखि नेपालका शरणार्थी शिविरसम्ममा हाम्रो पुस्ताले भोगेको सास्ती दृश्यको माध्यममा संरक्षित रहोस् भन्ने उद्देश्य हो ।’

फिल्मका कलाकार चयन हुन बाँकी रहेको सुवेदीले बताए । यो फिल्मको पटकथा सामीप्यराज तिमल्सेना हुन् । निर्देशक भने नरेशकुमार केसी हुन् ।

नक्षत्र लाइभ म्युजिकको प्रस्तुती रहने यस फिल्मको छायाङ्कन वैशाखको दोस्रो सातादेखि सुरु गर्ने योजनाका साथ तयारी भइरहेको निर्माता सुवेदीको भनाइ छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ३ : ३९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना