मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा कांग्रेस कोटाका डा. पण्डित नियुक्त  « Khabarhub

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा कांग्रेस कोटाका डा. पण्डित नियुक्त 



जनकपुरधाम– प्रदेश सरकारमा सहभागी नेपाली काँग्रेसको सिफारिसमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा.रामनरेश पण्डित रेक्टरमा नियुक्त भएका छन् । 

प्रतिष्ठानका तत्कालीन रेक्टर डा.अंकुर साहलाई जसपा नेपाल नेतृत्वको पूर्ववर्ती सरकारले उपकुलपति बनाएपछि रिक्त सो पदमा ढिलोगरी डा.पण्डित  नियुक्त भएका हुन् । 

डा.पण्डितलाई यसअघि काँग्रेससहितकै जसपा नेपाल नेतृत्वको सरकारले प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरका निर्देशक नियुक्त गरेको थियो । 

सङ्घीय दरबन्दीबाट स्वास्थ्य सेवामा कार्यरत रहेका डा.पण्डितको काठमाडौंस्थित परोपकार प्रसूति गृहमा सरुवा भएपछि प्रदेश सरकारले सत्ता घटक नेकपा एमालेको सिफारिसमा डा.जामुन सिंहलाई अस्पताल निर्देशक बनाएको छ । 

प्रतिष्ठान ऐनमा उपकुलपतिको सिफारिसमा सहकुलपतिबाट रेक्टर नियुक्त हुने प्रावधान छ । जसअनुसार उपकुलपति डा.साहले डा.पण्डितसहित तीन जनाको नाउँ प्रतिष्ठानका सहकुलपतिसमेत रहेका प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहसमक्ष सिफारिस गरेका थिए । 

सहकुलपति एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सिंहले ती तीन नाउँमध्ये डा. पण्डितलाई रेक्टर पदमा नियुक्त गरेका हुन् । डा.पण्डित नेपाली काँग्रेसनिकट रहँदै आएका छन् । उनकी पत्नी अन्जना पण्डित नेपाली काँग्रेसका तर्फबाट मधेश प्रदेशसभा सदस्य हुन् । नेपाली काँग्रेस मधेश प्रदेशको कार्यालय जनकपुरधामस्थित डा.पण्डितकै घरमा सञ्चालन हुँदै आएको छ । 

‘राजनीतिक नियुक्तितर्फ रिक्त पदहरूमा सरकारमा सहभागी दलका हिस्सेदारी हुने गरी नै सहमति भएको छ । त्यसअनुसार रेक्टर र अस्पताल निर्देशक पदमा सरकारमा सहभागी ठूला दुई दल नेपाली काँग्रेस र नेकपा एमालेले दाबी गरेका थिए । अस्पताल निर्देशकमा डा.सिंह र रेक्टरमा डा.पण्डितको नियुक्ति त्यसै सहमतिअनुसार भएको हो,’ सरकारका एक अधिकारीले भने । 

उनका अनुसार सरकारको नेतृत्व गर्ने दल जनमत पार्टी र मुख्यमन्त्री सतिश कुमार सिंहले रेक्टरका लागि अरू नै व्यक्तिलाई नियुक्त गर्ने अडान लिएपछि काँग्रेसबाट सिफारिस भएका डा.पण्डितको नियुक्ति केही समय रोकिएको नै थियो । 

तर, डा.पण्डितको नियुक्तिका लागि काँग्रेसले कडा अडान लिएपछि संयुक्त सरकार सञ्चालन सहज बनाउन मुख्यमन्त्री सिंह प्रतिष्ठानका सहकुलपति एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सिंहको निर्णयमा सहमति जनाउन बाध्य भएका थिए । 

यसअघि अस्पताल निर्देशक हुँदा डा.पण्डितसहितको टोलीले प्रतिष्ठानमा एमबिबिएस सञ्चालनका लागि विभिन्न पदपूर्तिका लागि लिइएको परीक्षामा अनियमितता देखिएको भन्दै प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौड्यालले प्रतिष्ठानलाई पत्र लेखी परीक्षा रद्द गर्न तथा त्यसमा संलग्न अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

तर, अनियमितताको तथ्यपूर्ण एवम् विस्तृत विवरणबिना नै परीक्षा रद्द तथा अधिकारीलाई कारबाही गर्न नसकिने भन्दै प्रतिष्ठान प्रशासनले प्रमुख सचिव पौड्यालसँग त्यससँग सम्बन्धित तथ्य तथा निष्कर्षसहित विश्लेषण माग गरेको थियो । 

प्रदेशको राजधानी जनकपुरधाममा सरकारी स्तरमा एमबिबिएस पढाइलाई रोक्ने समूहले प्रतिष्ठानमा एमबिबिएस पठनपाठनको पूर्वाधार रोक्न विभिन्न किसिमको षड्यन्त्र गरिरहेका बेला ती समूहकै गोटीका रूपमा अपुष्ट कारणबिना प्रमुख सचिव पौड्यालले कर्मचारी भर्ना रोक्न लगाएको आरोप लगाइएको थियो । 

परीक्षा रद्द गर्नुपर्ने तथा परीक्षामा संलग्न कर्मचारीलाई कारबाही गर्ने विषयमा प्रतिष्ठानले माग गरेको आधारबारे प्रमुख सचिव पौड्यालले अझै कुनै पनि जानकारी गराएको छैन । 

प्रतिष्ठानका एक कर्मचारीका अनुसार गहिरो अनुसन्धान हुने हो भने प्रतिष्ठानमा एमबिबिएस पठनपाठन रोक्न प्रमुख सचिव पौड्यालले सनकका भरमा गलत तथा भ्रामक तथ्य प्रसार हुने गरी परीक्षा रद्द एवम् कर्मचारीमाथि कारबाही गर्ने सिफारिस गरेको प्रमाणित हुने बताए । 

उनले भने, ‘सनक र लहडको भरमा कुनै प्रक्रिया कसैले रोक्न मिल्दैन । त्यसका लागि पर्याप्त आधार चाहिन्छ । तर, प्रमुख सचिवले प्रतिष्ठान कर्मचारीको मनोबल नै गिराउने गरी त्यस्तो पत्र लेखिएको देखियो ।’ प्रमुख सचिव पौड्यालको सरुवा कर्णाली प्रदेशमा भइसकेको छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ४ : ३० बजे

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा