शेयर बजारमा साताभर ४६ अङ्कको पहिरो, २२ अर्ब कारोबार « Khabarhub

शेयर बजारमा साताभर ४६ अङ्कको पहिरो, २२ अर्ब कारोबार


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो साता अर्थात् पुस २८ देखि माघको ३ गतेसम्म शेयर बजारले ओह्रालो यात्रा तय गरेको छ । सातामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.४७ अङ्कले घटेको हो ।

अघिल्लो साताको बिहीबार २६३५ बिन्दुमा रहेको नेप्से यो साताको बिहीबारसम्म आइपुग्दा २५८८.६२ बिन्दुमा झर्‍यो । सातामा चार दिन शेयर कारोबार हुँदा तीन दिन बजार घट्यो भने एक दिनमात्र बजार बढ्यो ।

मङ्गलबार माघे सङ्क्रान्ति परेकाले सार्वजनिक बिदा हुँदा बैङ्क तथा वित्तीय संस्था बन्द थियो । उक्त दिन शेयर कारोबार पनि भएन ।

चार दिन शेयर कारोबार हुँदा सातामा नेप्से ४६ अङ्कले घट्दा औषतमा दैनिक ११.६१ अङ्कले बजार ओह्रालो लाग्यो । साताका सबै कारोबार दिनमा गरी जम्मा २२ अर्ब ४० करोड ७४ लाख आठ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा दैनिक औषतमा पाँच अर्ब ६० करोड १८ लाख ५२ हजार रुपैयाँ बराबरको धितोपत्र किनबेच भयो ।

यो साता चार करोड ४३ लाख ८७ हजार ३३८ कित्ता शेयर कारोबार हुँदा दैनिक औषत एक करोड नौ लाख ६८ हजार ३५ कित्ता शेयर कारोबार भयो । चार दिनको अवधिमा दुई लाख ४४ हजार ९०० पटक शेयर किनबेच हुँदा दैनिक ६१ हजार २२५ पटक किनबेच भयो ।

कुन दिन कस्तो रह्यो बजार ?

अघिल्लो साताको बिहीबारबाट घट्न शुरू भएको शेयर बजार यो सातामा पनि सुरुवातदेखि नै घट्न थाल्यो ।

आइतबार नेप्से २५.४१ अङ्कले घटेर २६०९.६७ बिन्दुमा झरेको थियो । सो दिन ०.५९ प्रतिशतले घट्दा नेप्से उच्चतम २६५४.८२ र न्यूनतम २६०२.४६ बिन्दुमा पुगेको थियो ।

बिहीबारको तुलनामा आइतबार कारोबारमा पनि भारी गिरावट भएको थियो । आइतबार तीन अर्ब ९९ करोड ७९ लाख नौ हजार रुपैयाँ बराबरको मात्र कारोबार भयो ।

उक्त दिन ३०१ वटा कम्पनीको शेयर कारोबारमा आउँदा ८० लाख २१ हजार ६३१ कित्ता शेयर ४६ हजार ६१४ पटक किनबेच भयो । सोमबार पनि नेप्सेको घट्ने क्रम जारी नै रह्यो । सोमबार नेप्से १५.५४ अङ्कले घटेर २५९४.१३ बिन्दुमा पुग्यो ।

उक्त दिन०.५९ प्रतिशतले घटेको नेप्से उच्चतम २६१५.५५ बिन्दु र न्यूनतम २५८९.७४ बिन्दुमा पुगेको थियो । ३२२ वटा कम्पनी कारोबारमा आउँदा ६ अर्ब ६५ करोड आठ लाख ८३ हजार रुपैयाँ बराबरको एक करोड ३८ लाख ७० लाख ५७९ कित्ता शेयर कारोबार भएको थियो ।

बजार गिरावटमा बुधबार भने ब्रेक लाग्यो । बुधबार नेप्से १.८३ अङ्कले बढेर २५९५.९६ बिन्दुमा पुग्यो । उक्त दिन नेप्से ०.०७ प्रतिशतले बढ्दा उच्चतम २६११.३८ बिन्दु र न्यूनतम २५८९.९९ बिन्दुमा पुग्यो ।

तर, बुधबार बजार बढे पनि कारोबार रकम भने घट्यो । उक्त दिन पाँच अर्ब ८२ करोड ४९ लाख चार हजार रुपैयाँ बराबरको एक करोड सात लाख ४५ हजार ४२७ कित्ता शेयर ६३ हजार ३७४ पटक किनबेच भएको थियो । बुधबार २९९ वटा कम्पनीको शेयर कारोबारमा आएको थियो ।

साताको अन्तिम बिहीबार शेयर बजार घटेर बन्द भयो । बिहीबार नेप्से ७.३३ अङ्कले घटेर २५८८.६२ बिन्दुमा झर्‍यो । ०.२८ प्रतिशतले घटेको नेप्से परिसूचक उच्चतम २६१६.९७ बिन्दु र न्यूनतम २५८०.४० बिन्दुमा पुगेको थियो ।

बिहीबार कारोबार रकम भने अघिल्लो दिनको भन्दा केही बढ्यो । उक्त दिन २९६ वटा कम्पनीको शेयर कारोबारमा आउँदा पाँच अर्ब ९३ करोड ३७ लाख ११ हजार रुपैयाँ बराबरको एक करोड १७ लाख ४९ हजार ७०१ कित्ता शेयर ७० हजार ६३४ पटक किनबेच भयो ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ७ : १० बजे

टी-२० विश्वकपको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान तीन विकेटले विजयी

काठमाडौं- आईसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई तीन

इस्लामाबादको मस्जिदमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

एजेन्सी– इस्लामावादको एक शिया मस्जिदमा इस्लामिक स्टेट समूह (आईएस) ले दावी

निर्वाचन चहलपहलसँगै आर्थिक गतिविधिमा बढोत्तरी

महोत्तरी– महोत्तरीमा निर्वाचनको चहलपहल बडढेसँगै आर्थिक गतिविधिमा पनि बढोत्तरी हुन

ओबामाको अनुहार भएका बाँदरको भिडियो हालेपछि ट्रम्प आलोचित; गरे निन्दा, मागेनन् माफी

काठमाडौं- पूर्वराष्ट्रपति दम्पत्ति बाराक र मिशेल ओबामालाई बाँदरको स्वरुप दिएको

बलात्कार आरोपमा पूर्वप्रहरी ठगुन्ना भारतको बैंग्लोरबाट पक्राउ

काठमाडौं– बलात्कार आरोप लागेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्नालाई प्रहरीले भारतको बैंग्लोरबाट