व्यावसायिक बाख्रापालनमा आकर्षित गर्न ‘बाख्रा दिवस’ « Khabarhub

व्यावसायिक बाख्रापालनमा आकर्षित गर्न ‘बाख्रा दिवस’


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

तनहुँ – किसानलाई व्यावसायिक बाख्रापालनमा आकर्षित गर्ने उद्देश्यले ‘पोषिलो आहार, बाख्रापालनमा गुणात्मक सुधार’ भन्ने नाराका साथ चौथो राष्ट्रिय बाख्रा दिवस मनाइएको छ ।

नेपाल राष्ट्रिय व्यवसायिक बाख्रापालक महासङ्घ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुर, भानु नगरपालिका नगरकार्यापालिकाको कार्यालय, पशुपक्षी तथा मत्स्य विकास शाखा फुस्रेटार र बरभञ्ज्याङ बाख्रापालक समूहको आयोजनामा बोका प्रदर्शनीसहित दिवस मनाइएको हो ।

किसानले पालेका स्थानीय तथा उन्नत जातको बोका प्रदर्शनीमा उत्कृष्टलाई छनोट गरिएको छ । स्थानीय जाततर्फ भानु नगरपालिका–५ का चोबकान्त पोख्रेलको बोका ८६ दशमलव ३१ प्रतिशत अङ्क प्राप्त गरी प्रथम भएको छ ।

भानु–६ डाँडाचोकका विमला अधिकारीको बोका ८२ दशमलव ७७ प्रतिशत अङ्कसहित द्वितीय, भानु–५ बारीफाँटका रोमन अधिकारीको बोका ८२ दशमलव ५८ प्रतिशत अङ्क प्राप्त गरी तृतीय र भानु–५ बारीफाँटका काजीराम अधिकारीको बोका ७६ दशमलव ६७ प्रतिशतसहित सान्त्वना भएको छ ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः रु १० हजार, रु आठ हजार, रु छ हजार र रु चार हजार नगद पुरस्कार प्रदान गरिएको महासङ्घका केन्द्रीय सदस्य कुशलचन्द्र अधिकारीले जानकारी दिए ।

उन्नत जाततर्फ भानु–६ बडारेका मानसिंह गुरुङको बोका ८८ दशमलव ८९ प्रतिशत प्राप्त गरी प्रथम, भानु–६ का काजी थापाको बोका ८३ दशमलव ५० प्रतिशतसहित द्वितीय, भानु–१ सिमलटारीका रामबहादुर गुरुङको बोका ८० दशमलव ९३ प्रतिशतसहित तृतीय र भानु–४ गोगनपुरका तिलकुमारी अधिकारीको बोका ८० दशमलव ८९ प्रतिशतसहित सान्त्वना भएको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः रु १० हजार, रु आठ हजार, रु छ हजार र रु चार हजार नगद पुरस्कार प्रदान गरिएको महासङ्घले जनाएको छ ।

जातीय गुण, उमेर, स्वभाव, कद, टाउको, घाँटी, छाती, कम्मर, खुट्टा र खुट्टाको संरचना, शारीरिक अवस्था, मांसपेशीको अवस्था, चालको अवस्था, स्वास्थ्य स्थिति, सरसफाइ, प्रजनन् क्षमतालगायत मापदण्ड निर्धारण गरी अङ्क प्रदान गरिएको महासङ्घका केन्द्रीय सदस्य अधिकारीले जानकारी दिए । बाख्राको उत्पादन परिकार तथा बाख्राको सुधारिएको मलको प्रदर्शनी गरिएको थियो ।

नेपाल व्यावसायिक बाख्रापालक महासङ्घका केन्द्रीय अध्यक्ष गेविन्द सुवेदीले किसानलाई व्यावसायिक बाख्रापालनतर्फ आकर्षित गर्न र प्रोत्साहनका साथै स्वस्थ र पोसिलो आहारको व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले राष्ट्रिय बाख्रा दिवसमा प्रतियोगिता आयोजना गरिएको बताए ।

“यस प्रदर्शनीपछि यहाँका निर्वाहमुखी बाख्रापालकलाई स्वस्थ र गुणस्तर आहार घरमा व्यवस्थापन गर्न सहयोग पुर्‍याउने अपेक्षा गरेका छौँ”, उनले भने । निर्वाहमुखी बाख्रापालनलाई सुधार गरी गुणात्मक तथा व्यावसायिकतातर्फ प्रेरित गर्न पनि यो प्रदर्शनले सहयोग पुग्ने उनको भनाइ छ ।

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरका प्रमुख राजु खड्काले बाख्रापालन गर्ने किसानको सङ्ख्या पछिल्लो समय बढ्दै गएकाले किसानलाई प्रोत्साहन गर्न प्रदर्शनी आयोजना गरिएको बताए । बाख्रापालन गर्नेको सङ्ख्या बढेअनुरुप तिनको स्याहार, गुणस्तरीय उत्पादन, स्वस्थ र पोसिलो आहारसहित बाख्रापालन सेपालाई मर्यादित र व्यावसायिक बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  १० : ३५ बजे

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक