दुई कम्पनीलाई साधारण शेयर निष्काशनको अनुमति | Khabarhub Khabarhub

दुई कम्पनीलाई साधारण शेयर निष्काशनको अनुमति


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि रोकिँदै आएको साधारण शेयर (आईपीओ) निष्काशनका लागि अनुमति दिने प्रक्रिया सुरु भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई साधारण शेयर बिक्रीका लागि पछिल्लो पटक अनुमति दिएको छ ।

बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फार्मासिटिकल्सलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो ।

बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई २२ करोड ५० लाख मूल्य बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर बिक्रीका लागि यही माघ ३ गते अनुमति दिएको हो । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।

यस्तै, बोर्डले ओम मेगाश्रीलाई १८ करोड बराबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बोर्डले दुई वटा कम्पनीको ८५ करोड ५० लाख मूल्य बराबरको ८५ लाख ५० हजार कित्ता साधाण शेयर बिक्रीका लागि अनुमति दिएको हो ।

यस्तै, बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली लागू गरेको छ । सो नियमावली लागू भएसँगै साना तथा मझौला संस्थालाई साधारण शेयर बिक्रीका लागि मार्ग प्रशस्त भएको छ । शेयर बजारको विस्तारका लागि यो नियमावली महत्वपूर्ण रहेको छ ।

बोर्डमा हालसम्म ५१ अर्ब ११ करोड २४ लाख एक हजार छ सय ३२ मूल्य बराबरको ३५ करोड ५० लाख ३७ हजार दुई सय ८५ कित्ता साधारण शेयर बिक्रीका लागि आवेदन परेको छ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ९ : १५ बजे

इराकमा आदिवासीबीच झडप, आठ जनाको मृत्यु

एजेन्सी– मध्य इराकमा कृषि जग्गाको विवादलाई लिएर भएको आदिवासी झडपमा

मुलुकलाई संकटबाट उकास्न एमाले सक्षम छ : महासचिव पोखरेल

राँझा–  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई

शेन्ज्होउ–२० अन्तरिक्ष यात्रीहरू बेइजिङ फर्किए

एजेन्सी– ‘शेन्ज्होउ–२०’ मिशनको सफलतापूर्वक समापनपछि, तीनजना अन्तरिक्ष यात्री शुक्रबार विमानमार्फत

विकास–निर्माणका गतिविधि रोकिनु हुँदैन : सभामुख घिमिरे

सुरुङ्गा– सभामुख देवराज घिमिरेले मुलुकमा  विकास–निर्माणका गतिविधि रोकिन नहुने बताएका

एमाले संकटबाट भाग्ने होइन, सामना गर्ने पार्टी हो : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले संकटबाट भाग्ने होइन