प्रकृतिसँग माफी माग्न ‘लक्ष्य हवन’ | Khabarhub Khabarhub

प्रकृतिसँग माफी माग्न ‘लक्ष्य हवन’


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पाँचथर– बर्सेनि प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गरेपछि पाँचथरका दुई वटा खोलाको किनारामा प्रकृतिसँग माफी माग्ने कार्यक्रम आजदेखि सञ्चालन भएको छ ।

आध्यात्मिक मान्यता तथा किम्वदन्तीहरूलाई आधार मान्दै यहाँ बग्ने हेंवा खोला र फेमे खोलाको किनारा फिदिम नगरपालिका वडा नम्बर ४ र ११ को सीमा क्षेत्रमा लक्ष्य हवन र प्रकृति पूजा गर्न लागिएको हो । यी दुई खोलामा विगत दुई वर्षमा आएको बाढीले फिदिम नगरपालिका, हिलिहाङ र फालेलुङ गाउँपालिकाका तटीय क्षेत्रमा अत्यधिक क्षति गरेको छ ।

खोलालाई अप्राकृतिक रूपमा नियन्त्रण गरिएका कारण प्रकृतिमाथि शोषण भएको ठहरका साथ माफी माग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष तिलविक्रम इधिङ्गोले जानकारी दिए ।

आजदेखि चल्ने क्षमा पूजा तथा प्रकृतिमा पूजामा लगातार चार दिन ब्राह्मणहरूबाट पाठ हुनेछ भने त्यसपछिका तीन दिन बरूण पुराण वाचन हुनेछ ।

लक्ष्य हवन र प्रकृति पूजा हेंवा र फेमे खोलाको सङ्गमस्थलमा हुनेछ । उक्त पूजामा जम्मा एक सय ५० किलो तिलको एक लाख २५ हजार हवन हुने आयोजकमध्येका सुवराज थापाको भनाइ छ ।

उक्त पूजाको आयोजनामा कुनै पनि सङ्घ संस्थासम्बद्ध नरहेको तथा पूजाका लागि कुनै पनि रकम सङ्कलन नगरिने आयोजकको भनाइ छ । स्थानीयवासी, आध्यात्मिक क्षेत्रका व्यक्ति तथा संस्थाले पूजाको आयोजना, व्यवस्थापन तथा खानपानको व्यवस्था मिलाउने भएका छन् ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  १२ : ११ बजे

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका