चन्द्रयान सम्पर्कविहीन भएपछि मोदीको अँगालोमा डाको छोडेर रोए वैज्ञानिक « Khabarhub

चन्द्रयान सम्पर्कविहीन भएपछि मोदीको अँगालोमा डाको छोडेर रोए वैज्ञानिक


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बङ्लुरु– कोही पनि वैज्ञानिकका लागि आफ्नो खोज र उपलब्धी कति महत्वपूर्ण हुन्छ र त्यो उपलब्धी हासिल गर्न नसक्दा वैज्ञानिकको हृदय कति चिढिन्छ भन्ने उदाहरण भारतको अन्तरिक्ष निकाय इसरोका प्रमुखले देखाइदिएका छन् ।

भारतको चन्द्र अभियान चन्द्रयान–२ चन्द्र धरातलमा अवतरण हुनुअघि नै सम्पर्कविहीन भएपछि इसरोेका प्रमुख कैलासवडिभू शिवन डाको छोडेर रोए । वर्षौंको मिहिनेत, संघर्ष र परिश्रमबाट निर्माण गरिएको चन्द्रयान–२ को ‘विक्रम’ ल्याण्डर चन्द्र धरातलमा अवतरण गर्ने तय भएको थियो । यसका लागि सारा भारत शुक्रबार रात अनिदो थियो ।

विक्रम ल्याण्डरले चन्द्र धरातलको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्नेमा सबै प्रतिक्षामा थिए । यसले सफलता प्राप्त गरेको खण्डमा भारत चन्द्र धरातलमा कुनै ल्याण्डर सफलतापूर्वक अवतरण गराउने विश्वकै चौथो मुलुक बन्ने थियो । यसअघि अमेरिका, रुस र चीनले चन्द्र धरातलमा सफलतापूर्वक अवतरण गराइसकेका छन् ।

यसका लागि दक्षिणी शहर बङ्लुरुमा इसरोका वैज्ञानिकहरु प्रतिक्षारत थिए । त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए । तर, एक्कासी चन्द्र धरातलभन्दा २.१ किलोमिटरको उचाईमा पुगेपछि ल्याण्डर विक्रम र चन्द्रअभियानको ग्राउण्ड स्टेशनबीच सम्पर्क टुट्न पुग्यो । ग्राउण्ड स्टेशनका वैज्ञानिकहरुमा र सारा भारतमा निराशा छायो । वर्षौंको मिहिनेत, परिश्रम र संघर्षबाट सिर्जित चन्द्रयान–२ एक्कासी सम्पर्कविहीन भयो ।

यस्तो हुँदा रातभर अनिँदो रहेका ग्राउण्ड स्टेशनका वैज्ञानिकहरु आ–आफ्नो घर फर्किने क्रममा थिए । विक्रम ल्याण्डर चन्द्र धरातलमा सफलतापूर्वक अवतरण हुनु केही अघिमात्र सम्पर्क विच्छेद भएका कारण अत्यन्त निराश इसरोका प्रमुख के शिवन पनि घर फर्किने क्रममा थिए ।

उनी एक्कासी प्रधानमन्त्री मोदीको अँगालोमा पुगे र डाको छोडेर रुन पुगे । प्रधानमन्त्री मोदीले उनलाई ढाडस दिए र सहानुभूतिस्वरुप ढाडमा थुम्थुमाए । वर्षौंको मिहिनेत, अविराम संघर्ष र ठूलो प्रतिक्षा अन्त्यमा असफल भएपछिको उनको रोदन अवश्य पनि भावपूर्ण थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ३ : ५१ बजे

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर

देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान

कांग्रेसले संसद्‍मा सोध्यो : जेन-जीका नाममा सिंहदरबार र संसद् भवन किन जलाइयो ?

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले गत भदौ २३ र