ओलीभित्र निरंकुशता र तानाशाही प्रवृत्ति हाबी भयो : भीम रावल | Khabarhub Khabarhub

ओलीभित्र निरंकुशता र तानाशाही प्रवृत्ति हाबी भयो : भीम रावल


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मातृभूमि जागरण अभियानका प्रस्तावक डा. भीम रावलले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीभित्र सत्ताको उन्मादमा निरंकुशता र तानाशाही प्रवृत्ति हाबी हुँदै गएको बताएका छन्।

मातृभूमि जागरण अभियान, साँफेबगर अछामले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै नेता रावलले नेपालमा तानाशाही मनोवृत्ति अस्वीकृत भएको स्मरण गराउँदै निरंकुशताको सपना नदेख्न अध्यक्ष ओलीलाई चेतावनी दिए।

‘आज केपी ओलीहरू भनिरहनु भएको छ– अरु कसैले आवाज उठाउँछ भने उनीहरूलाई पनि हटाइदिन्छु। यो सत्ताको उन्मादमा उहाँमा चढेको निरंकुशता र तानाशाही प्रवृत्ति हो,’ उनले प्रश्न भने, ‘नेपालमा कुन तानाशाही बचेको छ ? केपी ओलीले सपना त देखेका होलान्१ तर त्यो सपना राति देख्दा हुन्छ, विपनामा पूरा हुनेवाला छैन।’

त्यस्तै, उनले नेकपा (एमाले)पार्टी ‘बामाले’मा परिणत भएको र त्यसको समर्थक महासचिव शंकर पोखरेलको भन्दै उनको पनि आलोचना गरे। नेता रावलले ‘ओलीको निरंकुशता’लाई गाड्न अध्यक्ष ओलीको गृहजिल्ला झापा र महासचिव पोखरेलको गृहजिल्ला दाङमा ठूलो खाल्डो पनि तयार भएको टिप्पणी गरे।

उनले भने, ‘चाहे झापामा भन्नुहोस्, चाहे बामाले। वा केपी ओलीको पक्षमा खुलेर लागेका महासचिवको दाङ जिल्लामा भन्नुहोस्। म यहीँबाट जानकारी गराउन चाहन्छु– निरंकुशतालाई गाड्न सबैभन्दा पहिले सबैभन्दा ठूलो खाल्डो कहीँ तयार भएको छ भने त्यो दाङ र झापामा छ।’

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ७ : १४ बजे

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती

सङ्खुवासभा – दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले

कतार एयरवेजको जहाज ढाका ‘डाइभर्ट’

काठमाडौं – कतार एयरवेजको जहाजको जहाज ढाका डाइभर्ट गरिएको छ।