नेप्से बढेर २६०१ विन्दुमा पुग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण  « Khabarhub

नेप्से बढेर २६०१ विन्दुमा पुग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण 


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५८ अंकले बढेर २६०१.२१ विन्दुमा पुगेको छ । 

आज नेप्से ०.४८ प्रतिशतले बढ्दा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँ बराबरको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर कारोबार भएको छ । 

आज १७१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३२५ वटा कम्पनी कारोबारमा आउँदा ७२ हजार ५४० पटक शेयर किनबेच भएको छ ।  

आज १३ वटा समूहमध्ये ३ वटा समूह घटेको छ भने बाँकी १० वटा समूह बढेको छ । 

आइतबार उत्पादन तथा प्रशोधन समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज उक्त समूह २.५७ प्रतिशतले बढेर ६ हजार ८९४.९२ विन्दुमा पुगेको छ । 

आज सबैभन्दा कम वाणिज्य बैंक समूह ०.१७ प्रतिशतले बढेको छ  भने बसैभन्दा बढी म्युचुअल फण्ड समूह ०.४६ प्रतिशतले घटेको छ । आज सबैभन्दा कम होटल तथा पर्यटन समूह ०.०८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ३ : १२ बजे

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी