पत्रकार गजेन्द्र बुढाथोकीले सार्वजनिक गरे ‘जङ्गबहादुर इन इङ्गल्यान्ड’ « Khabarhub

पत्रकार गजेन्द्र बुढाथोकीले सार्वजनिक गरे ‘जङ्गबहादुर इन इङ्गल्यान्ड’


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पत्रकार गजेन्द्र बुढाथोकीद्वारा लिखित ‘जङ्गबहादुर इन इङ्गल्यान्ड’ किताब शनिबार काठमाडौँमा विमोचन गरिएको छ ।

राणा शासनको सुरुवात गरेका शक्तिशाली शासक जंगबहादुरको बेलायत यात्राका रोचक कुरा यस किताबमा समावेश छन् । जङ्गबहादुर काठमाडौंबाट बेलायत यात्रामा निस्केको १७५ औँ वर्षको अवसर पारेर पुस्तक सार्वजनिक गरिएको हो ।

किताबलाई लेखकका बुवा भक्तबहादुर बुढाथोकी, इतिहासविद् त्रिरत्न मानन्धर, वरिष्ठ पत्रकार कुन्द दीक्षित, लेखक यादव देवकोटा, श्री ३ जङ्ग संस्थाका अध्यक्ष पूर्वरथि सरोजप्रताप राणा र प्रकाशक कुन्ता थापाले संयुक्त रूपमा विमोचन गरे ।

लेखक बुढाथोकीले जङ्गबहादुरको बहुचर्चित बेलायत यात्रा हुँदा लागेको खर्च खोज्ने क्रममा आफू प्रभावित भएर किताब नै तयार पारेको बताए ।

‘सुरुमा ई-बुक निकाल्ने सोचमा थिएँ । तर किताब नै तयार भयो,’ उनले भने ‘जङ्गबहादुर बेलायत पुगेको दिन त्यहाँको अखबारले प्राथमिकतासहित समाचार लेखेको कपी पहिलो पटक सार्वजनिक गरेको छु । यो पत्रकारिताका विद्यार्थीलाई महत्त्वपूर्ण सन्दर्भ सामग्री बन्न सक्छ ।’

किताबबारे धारणा राख्दै इतिहासविद् त्रिरत्न मानन्धरले निकै मेहनत गरेर तयार पारिएको भन्दै इतिहासका कुराबारे समय–समयमा विमर्श गरिरहनुपर्ने बताए ।
मदन पुरस्कार पुस्तकालयका अध्यक्ष एवम् वरिष्ठ पत्रकार कुन्द दीक्षितले १२ वटा किताब पढेर लेखकले रोचक कुरा तानेर किताबमा राखेको हुँदा पठनीय रहेको बताए ।

उनले जङ्गबहादुरको बेलायत यात्रा अङ्ग्रेजहरूको शक्ति आँकलनको सुक्ष्म अध्ययन गर्ने मौका भएको पुष्टि त्यहाँका तोप–हतियार निरीक्षण, सेनाको अवलोकन लगायतले गरेको बताए ।

लेखक यादव देवकोटाले निडर, स्वाभिमानी पत्रकारको परिचय बनाएका व्यक्तिले मिहिनेत गरेर जङ्गबहादुरको बेलायत र फ्रान्स यात्राका धेरै नयाँ कुरा उल्लेख गरेको भन्दै यो किताब ऐतिहासिक बनेको बताए ।

श्री ३ जङ्ग संस्थाका अध्यक्ष सरोजप्रताप राणाले जङ्गबहादुरको साहसिक यात्रालाई पुनः स्मरण गराएकोमा लेखकलाई धन्यवाद दिए ।

लेखक बुढाथोकीको यो चौथो किताब हो । यसअघि आर्थिक उदारीकरणका २० वर्ष, समकालीन नेपाली अर्थतन्त्र र कोरोना कहरपछिको अर्थतन्त्र (ई–बुक) सार्वजनिक भएका छन् ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ५ : ०६ बजे

मकवानपुरमा निर्वाचन तयारी तीव्र, पुराना मतपेटिका मर्मतदेखि सुरक्षा व्यवस्थासम्म

हेटौंडा–  मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य

काठमाडौं–२ : नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख ठगेको अभियोगमा

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ

काठमाडौं– बंगलादेशको राष्ट्रिय चुनाव २०२६ मा राष्ट्रियतावादी पार्टी (बीएनपी) ठूलो

बंगलादेशमा बीएनपी अध्यक्ष रहमान दुवै क्षेत्रबाट विजयी 

ढाका– बंगलादेशको १३औं राष्ट्रिय संसदीय निर्वाचनमा बीएनपीका अध्यक्ष तारिक रहमान