वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेका अर्का व्यक्ति पक्राउ, नाम नै दुईवटा | Khabarhub Khabarhub

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेका अर्का व्यक्ति पक्राउ, नाम नै दुईवटा


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा हातपात गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

हुम्ला अदानचुली गाउँपालिका-४ घर भई हाल काठमाडौंको सूर्यदर्शन हाइटमा बसोबास गर्ने गरेका महानन्द जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको हो । निज जैसीले महानन्द पाण्डेका नामबाट पनि आफूलाई चिनाउने गरेको पाइएको छ ।

जैसीलाई प्रहरीले काठमाडौंकै टोखा नगरपालिका-३ बाट शनिबार नै पक्राउ गरेको थियो । निजलाई प्रहरी वृत्त सिंहदरबारमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा विपक्षमा बहस गरिरहेका अधिवक्ता त्रिपाठीलाई बुधबार बबरमहलस्थित जिल्ला अदालत काठमाडौं परिसरमा कुटपिट गरेपछि आपत्तिजनक नारा पनि लगाएका थिए ।

सहकारी ठगी प्रकरण सम्बन्धी मुद्दामा बुधबार बहस सकेर निस्कँदै गर्दा काठमाडौं जिल्ला अदालत बाहिर अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो ।

कुटपिटमा सङ्लग्नमध्ये प्रहरीले यसअघि नै दोलखा तामाकोशी गाउँपालिका-१ स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मी नगरपलिका-५ टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसीलाई पक्राउ गरिसकेको छ ।

निजविरुद्ध ज्यान मार्ने उधोग कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । साथै; उक्त वारदातमा संलग्न अन्य व्यक्तिहरूको गरी खोजतलास कार्य जारी रहेको पनि जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ७ : ०० बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते