इच्छाकामना मन्दिरमा दर्शनार्थीको चहलपहल | Khabarhub Khabarhub

इच्छाकामना मन्दिरमा दर्शनार्थीको चहलपहल


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको इच्छाकामना गाउँपालिका– ५ मा रहेको एतिहासिक धार्मिकस्थल इच्छाकामनाको मन्दिरमा धार्मिक पर्यटकको आवागमन बढेकाे छ ।

गोरखाको शहीद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने रहेको यस इच्छाकामना मन्दिरमा प्रचारप्रसार र मन्दिर पुनर्निर्माणसँगै धार्मिक पर्यटकरुको आवागमन बढेको हो । मन्दिरका पूजारी हर्कबहादुर गुरुङका अनुसार शनिबार र सार्वजनिक बिदाको दिन मन्दिरमा दर्शनार्थीहरुको भीड नै लाग्ने गरेको छ ।

उनले भने, ‘यहाँ मन्दिर पुनर्निर्माणलगायत विभिन्न आवश्यक संरचना बनेका छन्, पछिल्लो केही वर्षयाता प्रचारप्रसार बढेकाले पनि दर्शनार्थीको आवागमन बढेका हो ।’

यहाँको सुन्दर दृष्य अवलकोन गर्न र पिकनिक मनाउन पनि पर्यटक आउने गरेको पूजारी गुरुङको भनाइ छ । उनका अनुसार समुद्री सतहबाट एक हजार आठ सय मिटरको उचाइमा रहेको इच्छाकामना मन्दिरको वरपर जङ्गलले ढाकेको छ । फागुन र चैतमा ढकमक्क फुलेको लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश, माछापुच्छ्र्रे देख्न सकिन्छ ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले धार्मिक पर्यटकीयको रूपमा विकास हुँदै गएको यस क्षेत्रमा मन्दिर पुनर्निर्माणसहित आवश्यक विभिन्न भौतिक संरचना निर्माण गरिएको बताए । उनका अनुसार मन्दिरको आम्दानीलाई पारदर्शी बनाउन गाउँपालिकाको मातहतमा ल्याइएको छ । पूजारी र हेरालु सरसफाइका कर्मचारीलाई गाउँपालिकाले मन्दिरको भेटी आम्दानीबाट तलब उपलब्ध गराउँदै आएको छ । यहाँ लिफ्टिङ प्रविधिबाट खानेपानीको पनि व्यवस्था गरिएको उनको भनाइ छ ।

मनकामनाका सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंबदन्ती छ । ईच्छाकामनाको मन्दिरमा सन्तान नभएकाले भाकल र पूजाआजा गरे सन्तान प्राप्त गर्ने सदियौँदेखि जनविश्वास रहेको छ ।

अध्यक्ष गुरुङका अनुसार इच्छाकामना मन्दिरमा प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा ठूलो मेला लाग्छ । मेलाका दिन गाउँपालिकाले सार्वजनिक बिदासमेत दिँदै आएका छन् । मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेका छन् ।

भारतीय पर्यटकसमेत मन्दिर दर्शनका लागि आउन थालेको पूजारी गुरुङले जानकारी दिए । फिस्लिङ शक्तिखोर सडक र मुग्लिन तामिन सडक प्रयोग गरेर पर्यटकहरु मन्दिर पुग्ने गरेका छन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ७ : २९ बजे

सुमनाको राजीनामाले रास्वपा तरंगित

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १२ पदाधिकारीमध्ये ४

अफगानिस्तानमा विस्फोट : तीन बालबालिकाको मृत्यु, तीन घाइते

काबुल – अफगानिस्तानको बडाख्शान प्रान्तको जेबाक जिल्लामा शुक्रबार बिहान बारुद

गण्डकीमा कर्मचारी व्यवस्थापनमा मनोमानी, गुनासो आए मुख्यमन्त्रीको सचिवालयलाई देखाउँदै पन्छिँदै

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कात्तिक १२ गते

मोरङको सुन्दरहरैँचास्थित पञ्चायत मावि भवनको शिलान्यास

काठमाडौं– मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको