‘माइतीघर’मा केदार र प्रकाशपछि धिरजको प्रवेश « Khabarhub

‘माइतीघर’मा केदार र प्रकाशपछि धिरजको प्रवेश


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘फर्की फर्की’का निर्माता रोहित अधिकारीको नयाँ फिल्ममा ‘माइतीघर’मा नायक धिरज मगरको प्रवेश भएको छ । निर्माण पक्षले सोमबार धिरजसँग कागजी सम्झौता भएको जानकारी दिएको हो ।

धिरज मुख्य भूमिकामा प्रवेश भएसँगै कलाकारहरूको लाइनअप पूरा भएको निर्माण पक्षको भनाइ छ । यसअघि फिल्मको मुख्य भूमिकाका लागि केदार घिमिरे ‘माग्ने बूढा’ र गायक/नायक प्रकाश सुपुत अनुबन्ध भएका थिए ।

फिल्ममा नायिकाहरू उपासना सिंह ठकुरी र नव नायिका दिकिला शेर्पा फाइनल भइसकेका छन् । त्यस्तै; सहायक भूमिकाका लागि कलाकार बुद्धि तामाङ अनुबन्ध भएका छन्‌ ।

यस फिल्मका निर्देशक मिलन थापा हुन् । चन्द्रकुमार दोङको कथा रहेको यस फिल्मको संवाद रामशरण पाठकले लेखेका हुन् ।

अहिलेसम्म फिल्म छायाङ्कन मिति टुङ्गो लागेको छैन । केही महिनामा छायाङ्कन सुरु गर्ने योजनामा निर्माण पक्षको छ ।

तर, रोहितले फिल्मको प्रदर्शन मिति भने आगामी दशैंको फूलपातीलाई तोकेका छन् । अन्य फिल्म उक्त समयमा प्रदर्शन आए पनि ‘माइतीघर’को प्रदर्शन मिति हेरफेर नहुने रोहितको दाबी छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : ४९ बजे

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो

रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शनीमा ड्रोन उडाउन कडाइ

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले आफ्नो अनुमति बिना ड्रोन