‘माइतीघर’मा केदार र प्रकाशपछि धिरजको प्रवेश | Khabarhub Khabarhub

‘माइतीघर’मा केदार र प्रकाशपछि धिरजको प्रवेश


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘फर्की फर्की’का निर्माता रोहित अधिकारीको नयाँ फिल्ममा ‘माइतीघर’मा नायक धिरज मगरको प्रवेश भएको छ । निर्माण पक्षले सोमबार धिरजसँग कागजी सम्झौता भएको जानकारी दिएको हो ।

धिरज मुख्य भूमिकामा प्रवेश भएसँगै कलाकारहरूको लाइनअप पूरा भएको निर्माण पक्षको भनाइ छ । यसअघि फिल्मको मुख्य भूमिकाका लागि केदार घिमिरे ‘माग्ने बूढा’ र गायक/नायक प्रकाश सुपुत अनुबन्ध भएका थिए ।

फिल्ममा नायिकाहरू उपासना सिंह ठकुरी र नव नायिका दिकिला शेर्पा फाइनल भइसकेका छन् । त्यस्तै; सहायक भूमिकाका लागि कलाकार बुद्धि तामाङ अनुबन्ध भएका छन्‌ ।

यस फिल्मका निर्देशक मिलन थापा हुन् । चन्द्रकुमार दोङको कथा रहेको यस फिल्मको संवाद रामशरण पाठकले लेखेका हुन् ।

अहिलेसम्म फिल्म छायाङ्कन मिति टुङ्गो लागेको छैन । केही महिनामा छायाङ्कन सुरु गर्ने योजनामा निर्माण पक्षको छ ।

तर, रोहितले फिल्मको प्रदर्शन मिति भने आगामी दशैंको फूलपातीलाई तोकेका छन् । अन्य फिल्म उक्त समयमा प्रदर्शन आए पनि ‘माइतीघर’को प्रदर्शन मिति हेरफेर नहुने रोहितको दाबी छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : ४९ बजे

मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी

विश्वकप छनोट : जर्मनीले स्लोभाकियालाई ६-० ले हरायो

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले स्लोभाकियामाथि

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौं– प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको

फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिउ मास्ने बेच्ने र

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

बागलुङ– दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । २०७७ सालदेखि