माघ १८ गते संसद् अधिवेशन बोलाउने तयारी, प्रधानमन्त्री र सभामुखबीच छलफल « Khabarhub

माघ १८ गते संसद् अधिवेशन बोलाउने तयारी, प्रधानमन्त्री र सभामुखबीच छलफल

मन्त्रिपरिषद् बैठकले सिफारिस गर्न सक्ने


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।

सोमबार दिउँसो १२ बजे सिंहदरबारमा भएको छलफलमा यही माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउने गरी छलफल भएको संसद् सचिवालयका एक अधिकारीले खबरहबलाई बताए ।

‘प्रधानमन्त्रीसँग सभामुखले १८ गते बोलाउने सल्लाह गर्नुभएको छ । मन्त्रिपरिषद्ले सिफारिस गर्न सक्छ’, ती अधिकारीले भने,‘सायद सेड्युल तलमाथि नहुन सक्छ । अस्ति १४ गते नै बोलाउने भन्ने थियो तर केही दिन ढिला भयो ।’

प्रधानमन्त्री र सभामुखको भेटपछि सोमबार नै बस्ने मन्त्रिपरिषद् बैठकले माघ १८ गतेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउने निर्णय गर्ने छ ।

अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सरकारले सिफारिस गर्ने समेत प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हिउँदे अधिवेशन सुरु नहुँदा धेरै विधेयक र प्री-बजेटमाथि छलफल गर्न नपाइएको भन्दै विपक्षी दलहरूले केही दिनअघि ध्यानाकर्षण गराएका थिए ।

नेकपा मा‌ओवादी केन्द्रसहितका विपक्षी सात दलले शुक्रबार पत्रकार सम्मेलन गरेर हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने बताएका थिए ।

सरकारले गत वर्षभन्दा डेढ महिना ढिलो संसद्को हिउँदे अधिवेशन बोलाउन लागेको हो । यसअघि संसद् अधिवेशन नबोलाई सरकारले ५ वटा अध्यादेश जारी गरिसकेको छ । त्यसको पनि विपक्षी दलहरूले विरोध गरिरहेका छन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : १० बजे

अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण

एजेन्सी– अफगानिस्तान र पाकिस्तान बिच बढ्दो सीमापार तनावको बीचमा, अफगानिस्तानको

मोदी बोलाएर युद्ध नहुने सन्देश दिइरहेको थियो इजरायल, वार्ताका नाममा इरानलाई ‘धोका’

नयाँदिल्ली- इजरायलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएर भारतलाई धोका दिएको चर्चा

रास्वपाको स्पष्टीकरण : हामीले प्रचारमा लगेको गाडीको मदिराको कार्टुन अर्कैको हो

सल्यान– राष्ट्रिय स्वतन्त्र पार्टी, बन्गाड कुपिण्डे नगर समितिले चुनाव प्रचारमा

मध्यपूर्वको बाछिटाबाट जोगिन नेपालले के गर्नुपर्छ ?

फेब्रुअरी २८ देखि अमेरिका, इजरायल र इरानबीच सुरु भएको सैन्य

युएई आक्रमणमा एक नेपालीको मृत्यु, सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स (युएई)