सैफको घरमा कसरी छिर्‍यो चोर ? | Khabarhub Khabarhub

सैफको घरमा कसरी छिर्‍यो चोर ?


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउडका अभिनेता सैफ अलि खान अहिले मुम्बईस्थित लीलावती अस्पतालमा उपचारत छन् । जनावरी १६ मा आफ्नै घरमा लुटेराले चक्कु प्रहार गरेपछि उनी अस्पताल भर्ना भएका हुन् ।

अहिले सैफ खतरामुक्त रहेको अस्पतालले जनाएको छ । उनलाई डिस्चार्ज गर्ने वा अस्पतालमै राखेर उपचार गर्नेबारे निर्णय अन्तिम निर्णय भइसकेको छैन ।

यता भारतीय प्रहरीले सैफलाई आक्रमण गर्ने व्यक्तिसमेत पक्राउ गरेको छ । आइतबार मजिस्ट्रेड कोर्टले आरोपीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आरोपीलाई अहिले बान्द्रा प्रहरी स्टेसनमा राखिएको छ ।

चक्कु प्रहार गर्ने व्यक्ति बङ्गलादेशी नागरिक रहेको र भारतमा गैरकानुनी रूपमा प्रवेश गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

आरोपीको वास्तविक नाम मोहम्मद शरिफूल इस्लाम शहजाद भए पनि विजय दास नाम राखी पाँच महिनादेखि भारतमा बस्दै आएको पाइएको छ । उनले विभिन्न रेष्टूराँमा हेल्परको काम गर्ने गरेका थिए ।

सैफको घरमा निज आरोपी चोरीकै नियतले छिरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

कसरी पुगे सैफको घर ?

सैफ मुम्बईको खारस्थित एक अपार्टमेन्टको १२ औं तलमा बस्दै आएका थिए । त्यही उनीमाथि आक्रमण भएको हो ।

आरोपी आठौं तलासम्म हिँड्दै गएको र त्यहाँबाट माथि ‘डक्ट एरिया’बाट पाइपको सहयोगमा चढेर १२ औं तलमा पुगेको भारतीय मिडिया आजतकले उल्लेख गरेको छ ।

बाथरुपमको झ्यालबाट आफू सैफको फ्ल्याटमा छिरेको आरोपीले बयानमा भनेका छन् । बाथरुमबाट बाहिर निस्कने क्रममा सैफका घरका कर्मचारीले देखेपछि घम्साघम्सी भएको उनले प्रहरी समक्ष बयान दिएका छन् ।

आक्रमणपछि आफू छिरेकै बाटोबाट भागेको समेत उनले खुलाएका छन् । त्यस दिन सैफकै घरमा छिर्ने योजना नभएको बताउँदै उनले समाचारहरू बाहिरिएपछि मात्रै आफू सैफको घरमा पुगेको थाहा पाएको बयानमा भनेका छन् ।

प्रहरीले आरोपीको साथबाट एउटा झोला, हथौडा, पेजकस र डोरीसमेत बरामद गरेको बताएको छ । यसबाट उनी अन्य चोरीको घटनामा पनि सङ्लग्न भएको प्रहरीको अनुमान छ । यद्यपि; यसबारेमा प्रहरीले कुनै जानकारी दिएको छैन ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  २ : ४८ बजे

अदालतको आदेशपछि परिचारिका काममा फर्किने

काठमाडौं – नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार

ट्रम्प र पुटिनबीच बिहीबार फोनवार्ता हुने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री