खुला विश्वविद्यालयको पाठ्यक्रममा दिक्पालका दुई पुस्तक « Khabarhub

खुला विश्वविद्यालयको पाठ्यक्रममा दिक्पालका दुई पुस्तक


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इतिहास अन्वेषणमा सक्रिय लेखक राजकुमार दिक्पालद्वारा लिखित दुई पुस्तक विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरिएको छ ।

नेपाल खुला विश्वविद्यालयले हालै निर्माण गरेको स्नातक तहको ‘मगर अध्ययन’ विषयको पाठ्यक्रम दिक्पालको दुई पुस्तक समावेश गरिएको हो ।

विश्वविद्यालयको सामाजिकशास्त्र तथा शिक्षा सङ्काय अन्तरगत स्नातक तहमा अध्यापन हुने उक्त पाठ्यक्रममध्ये पहिलो वर्षको पहिलो सेमेस्टरअन्तरगत चौथो इकाईको ‘नेपालको आधुनिक इतिहासमा मगरहरू’ पाठमा मनोज घर्तीमगरसहितको सहलेखनमा लेखिएको ‘मगर इतिहास’ र सातौँ इकाईको ‘आदिवासी मगर आन्दोलनको इतिहास’ अन्तरगत ‘आदिवासी विद्रोहको इतिहास’ पुस्तकलाई पाठ्यक्रममा समावेश गरिएको छ ।

विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि अध्यापन गर्ने गरी विद्यार्थी भर्नाको आवेदन आह्वानसमेत गरिसकेको छ ।

यी वाहेक लेखक दिक्पालको ‘पृथ्वीनारायण शाहः आलोचनात्मक इतिहास’, ‘जङ्गबहादुरको युग’ गरी चार वटा इतिहासको तथा ‘आतङ्कको छायाँमुनि’ कथा सङ्ग्रह गरी पाँच पुस्तक प्रकाशित छन् ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ४ : ३५ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै