विराटनगरमा चौथो प्रादेशिक ज्याम्बोरेट, तीन हजार स्काउट सहभागी हुने « Khabarhub

विराटनगरमा चौथो प्रादेशिक ज्याम्बोरेट, तीन हजार स्काउट सहभागी हुने


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश स्काउट कार्यालय,कोशीको आयोजनामा आगामी माघ २५ देखि २८ गतेसम्म चौथो प्रादेशिक ज्याम्बोरेट हुने भएको छ ।

विराटनगरस्थित डिग्री क्याम्पसमा हुने ज्याम्बोरेटमा तीन हजार स्काउटहरू सहभागी हुनेछन् ।

स्काउटसँग सम्बन्धित विभिन्न सहासिक, मनोरञ्जनात्मक, सांस्कृतिक र बौद्धिक क्रियाकलाप ज्याम्बोरेटमा सञ्चालन हुनेछन् ।

विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ज्याम्बोरेटबारे जानकारी गराइएको थियो ।

कोशी प्रदेशका सबै स्थानीय तहबाट छनोट भएका स्काउटहरू कार्यक्रममा सहभागी हुनेछन । अन्य ६ वटा प्रदेशवाट प्रतिनिधिमूलक रुपमा स्काउटहरू भाग लिने तालिका छ ।

ज्याम्बोरेटमा स्काउटमा संलग्न ११ देखि १६ वर्षसम्मका स्काउट विद्यार्थी सहभागी हुनेछन्। ज्याम्बोरेट स्काउटहरूको भेला हो।

ज्याम्बोरेट प्रत्येक ४/४ वर्षमा हुने गरेको छ । प्रादेशिक संरचना पछाडिको यो पहिलो ज्याम्बोरेट हो । ज्याम्बोरेट गर्न प्रदेश प्रमुख आयुक्त हेमन्त भणडारीको अध्यक्षता १३ सदस्यीय आयोजक कमिटी बनेको छ।

कोशी प्रदेशका मुख्यमन्त्री एवम् प्रदेश स्काउट संरक्षक हिक्मतकुमार कार्कीको संरक्षकत्वमा सामाजिक विकास मन्त्री पाँचकर्ण राई अध्यक्ष रहेको सल्लाहकार समिति गठन गरिएको छ ।

ज्याम्बोरेटको तयारीका लागि २५ वटा विभिन्न उपसमिति बनाइएको छ । ज्याम्बोरेटका क्रियाकलाप सञ्चालन गर्न २०५ जनाको सर्भिस टिम बनाए तयारीलाई तीव्रता दिइएको प्रदेश अधिकृत नवराज घिमिरेले बताए ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ६ : २६ बजे

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा