अमेरिकामा जन्मिएकालाई स्वत: नागरिकता खारेज गर्दै ट्रम्प, अस्थायी भिसावाहक र अवैध आप्रवासीलाई तनाव « Khabarhub

अमेरिकामा जन्मिएकालाई स्वत: नागरिकता खारेज गर्दै ट्रम्प, अस्थायी भिसावाहक र अवैध आप्रवासीलाई तनाव


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

वासिङ्ट्न- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा जन्ममा आधारित नागरिकताको व्यवस्थालाई हटाउनेतर्फ कदम चालेका छन् ।

ट्रम्पले संघीय एजेन्सीहरूलाई आदेश दिँदे बच्चाको जन्ममा आधारित नागरिकताको स्वीकार नगर्न भनेका हुन् । उनको यो आदेशका कारण अब माता-पिता अवैध आप्रवासी भएका र अस्थायी भिसामा अमेरिकामा रहेकाहरूका बच्चा त्यहाँ जन्मिए नागरिकता पाउने छैनन् ।

यस आदेशको कार्यान्वयनका लागि एजेन्सीहरूलाई ३० दिनको समय दिइएको छ। तर यो मामिलामा ट्रम्पले अझै कयौँ चुनौतीको सामना गर्नु पर्ने हुन सक्छ ।

जन्ममा आधारित नागरिकता, अमेरिकी संविधानको १४ औँ संशोधनको ब्याख्याका रुपमा लामो समयदेखि रहँदै आएको छ। ट्रम्पको नयाँ कदमलाई यसै व्याख्यालाई समाप्त गर्ने पहलका रुपमा लिइएको छ ।

शपथ ग्रहण लगत्तै आफ्नो ओभल अफिसमा अमेरिकी राष्ट्रपतिले अन्य कयौँ आदेशमा पनि हस्ताक्षर गरेका छन् । जसमा जन्ममा आधारमा नागरिकता दिने प्रावधान हटाउने पनि एक रहेको छ ।

यिनमा करिब ८० आदेश पूर्ववर्ती राष्ट्रपति जो बाइडनका निर्णयलाई रद्द गर्नेसँग सम्बन्धि छन् ।

यसअघि आफ्नो उद्घाटन भाषणमा ट्रम्पले सबै गैरकानुनी प्रवेशलाई रोक्ने बचन दिएका थिए । त्यसका लागि उनले मेक्सिकोको सीमामा पर्खाल लगाउनेदेखि आपत्काल घोषणा जस्ता कदम चालिसकेका छन् ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ६ : ५७ बजे

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट