‘यातायात मजदूरले अनिवार्यरूपमा पोशाक लगाउनुपर्ने’ « Khabarhub

‘यातायात मजदूरले अनिवार्यरूपमा पोशाक लगाउनुपर्ने’


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यातायात क्षेत्रमा कार्यरत मजदूरहरुले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने भएको छ ।

अखिल नेपाल यातायात मजदूर सङ्घ कलङ्की–बल्खुले आयोजना गरेको यात्रुमैत्री व्यवहार तथा सवारी दुर्घटना न्यूनीकरण अन्तक्रिया कार्यक्रममा यातायात मजदूरले पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताइएको हो ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नमूना यातायात निर्माणका लागि पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताए ।

‘परिचयपत्र र पोशाक लगाएसँगै यात्रुले यातायात मजदूरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ’, उनले भने । परिचयपत्र र पोशाक लगाएसँगै यातायात मजदूरको जिम्मेवारी बढ्ने उनको भनाइ थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले उपत्यकालगायत देशभरको सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि परिचयपत्र र पोशाकले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पोशाक र परिचयपत्रको शुरुआतसँगै यात्रुले कसलाई बसभाडा बुझाउने वा बसको सम्बन्धित व्यक्ति को हो भन्ने अन्योलता हट्नेछ बताए । काठमाडौं महानगरपालिका–१४ का अध्यक्ष शोभा सापकोटाले पोशाक र परिचयपत्रको शुरुआतसँगै सार्वजनिक बसबाट यात्रुहरु ठगिने क्रममा कमी आउने बताए ।

मजदूर सङ्घका अध्यक्ष नरबहादुर रानामगरले यातायात क्षेत्रको सुधारका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ७ : २० बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको