ट्रम्पले कर र प्रतिबन्धको धम्की दिएपछि संवादमा जुटे पुटिन र सी चिनफिङ « Khabarhub

ट्रम्पले कर र प्रतिबन्धको धम्की दिएपछि संवादमा जुटे पुटिन र सी चिनफिङ


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

मस्को- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यभार सम्हाल्ने क्रममा गरेका घोषणाले विश्व राजनीति तरंगित छ ।

खासगरी अमेरिकाले अन्य शक्ति राष्ट्रलाई हेर्ने दृष्टिकोणलाई लिएर बहस भइरहेका बेला चिनियाँ राष्ट्रपति शी चिनफिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार भिडियो संवाद भएको छ।

दुवै नेताहरूबीच द्विपक्षीय सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने विकल्पबारेमा कुरा भएको बताइएको छ।

शी चिनफिङले पुटिनसँग ‘रणनीतिक सहयोगलाई अझै ब्यापक बनाउने, आपसी समर्थनलाई मजबुत गर्ने र वैध हितको रक्षा’मा जोड दिएका छन् ।

मंगलबार ट्रम्पले बेइजिङमाथि कर बढाउने धम्की दिइसकेका छन् । उता रूसलाई यदि युक्रेनविरुद्धको युद्ध रोक्ने सम्झौता नगरेमा मस्कोले ‘ठूलो मुश्किल’को सामना गर्नुपर्ने चेतावनी उनले दिएका थिए ।

बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानामा १० प्रतिशत कर लगाउने कुरामा विचार गरिरहेको बताएका छन् । चीनमाथि थप १० प्रतिशत कर आागमी फेब्रुअरीदेखि लगाउने तयारी ट्रम्पले गरेका छन् ।

रूसका विदेशी मामिलासम्बन्धी सल्लाहकार युरी यशाकोभका अनुसार पुटिनले शी चिनफिङसँग युक्रेनलाई लिएर हुने कुनै पनि सम्झौतामा रूसी हितको रक्षा हुनुपर्नेमा जोड दिए ।

दुवै देशका सञ्चारमाध्यमहरूले दुई नेताबीचको यो संवाद ट्रम्पको शपथ ग्रहणसँग सम्बन्धित नरहेको स्पष्टीकरण दिएका छन् ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ५ : ५८ बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि