सुदूरपश्चिमका ६ वटा पालिका अझै केन्द्रीय सडक पहुँचभन्दा बाहिर « Khabarhub

सुदूरपश्चिमका ६ वटा पालिका अझै केन्द्रीय सडक पहुँचभन्दा बाहिर


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम प्रदेशका ६ वटा पालिका अझैसम्म पनि केन्द्रीय सडक पहुँचभन्दा बाहिर रहेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार गत आवको अन्तिमसम्म सो प्रदेशका ८८ वटा पालिका मध्ये ६ वटा पालिका अझैसम्म पनि केन्द्रीय सडक पहुँचभन्दा बाहिर नै रहेका छन् ।

साथै, २६ वटा स्थानीय तहमा पनि कच्ची सडकको मात्रै पहुँच रहेको अध्ययनले देखाएको छ ।

 ‘आर्थिक वर्ष २०८०र८१ को फागुन मसान्तसम्म यस प्रदेशको जम्मा ८८ स्थानीय तहहरूमध्ये ६ वटा स्थानीय तहको केन्द्रसम्म सडक पहुँच नपुगेको र २६ वटा स्थानीय तहको केन्द्रसम्म सडक पुगेको तर पक्की हुन बाँकी रहेको देखिन्छ’, राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ । 

सो प्रदेशमा सडक पूर्वाधार तर्फ २१२ कि।मि। कालोपत्रे पक्की सडक, १०६ कि।मि खण्डास्मित (ग्रावेल) सडक र १६० कि.मि माटेसडक गरी कुल ४७८ कि.मि. सडक निर्माण सम्पन्न भएको प्रतिवेदनले देखाएको छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ६ : ०३ बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको