कर्णाली प्रदेशसभाले पायो विषयगत समितिका सभापति « Khabarhub

कर्णाली प्रदेशसभाले पायो विषयगत समितिका सभापति


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशसभामा रहेका तीन वटा विषयगत समितिको नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ । सार्वजनिक लेखासमितिको सभापतिमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य विन्दमान विष्ट, सामाजिक विकास समितिको सभापतिमा सत्तारुढ दल नेपाली कांग्रेसका पूर्णबहादुर खत्री र अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेकपा एमालेकी प्रदेशसभा सदस्य दक्षिणा कुमारी शाही चयन भएको छन् ।

प्रदेश मामिला समितिको सभापतिमा भने लामो समयदेखि एकीकृत समाजवादीबाट प्रदेशसभा सदस्य कल्याणी खड्का रहेका छन् । विषयगत समितिको नेतृत्व टुङ्गो लगाउन प्रदेशसभाले मङ्गलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।

सोही अनुसार आज उम्मेदवारको मनोनयन दर्ताको तालिका रहेकोमा तीन वटै समितिमा एक/एकजनाको मात्रै उम्मेदवारी परेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले बताए ।

तीन प्रमुख राजनीतिक दलहरूको सहमति अनुसार सार्वजनिक लेखासमिति प्रमुख प्रतिपक्ष दलले लिएको छ । यसअघि एमालेका जीतबहादुर मल्ल समितिको सभापति थिए । लेखा समिति प्रतिपक्षलाई दिँदै आएको अभ्यास भएकाले उहाँले असोज १५ गते राजीनामा दिएका थिए ।

तत्कालीन समयमा माओवादी–एमाले गठबन्धन बनेपछि अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति रहेका दुर्गबहादुर रावत ०८१ वैशाख १८ मा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेपछि समिति सभापतिविहीन बनेको थियो ।

सामाजिक विकास समितिका सभापति रहेका घनश्याम भण्डारी २०८१ साउन २० मा मन्त्री बनेपछि उक्त समिति सभापतिविहीन बनेको थियो ।

सदन नचलेका बेला सरकारलाई निर्देशन दिने, सरकारले गर्ने काम–कारबाहीमाथि निगरानी गर्ने, आवश्यक परे कारबाहीका लागि सिफारिस गर्ने लगायतका जिम्मेवारी रहेका समिति नेतृत्वविहीन हुँदा कतिपय विधेयक दुई वर्षदेखि समितिमा अड्किएका छन् । समितिले नेतृत्व पाएसँगै ती विधेयकका विषयमा छलफल अगाडि बढ्ने देखिएको छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १० : २८ बजे

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौं – रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो