चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा कमजोर, ३१ प्रतिशत मात्रै उत्तीर्ण  | Khabarhub Khabarhub

चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा कमजोर, ३१ प्रतिशत मात्रै उत्तीर्ण 


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको ७१ औँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा अत्यन्त कमजोर देखिएको छ । 

पुलचोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा दुई दिन सञ्चालित परीक्षाको हिजो बेलुका प्रकाशित नतिजाले दुई तिहाइ बढी परीक्षार्थी अनुत्तीर्ण भएको पाइएको छ । 

काउन्सिल रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार परीक्षामा एमबीबीएस र बीडीएसका गरी कुल ८४४ जनाले सहभागिता जनाए पनि उत्तीर्ण सङ्ख्या २६२ जना (३१.०४ प्रतिशत) मात्रै भयो । परीक्षामा सहभागी भएका मध्ये ५६२ जना अनुत्तीर्ण भए ।

मेडिकल तर्फ ७७० जनाले परीक्षाका लागि फारम भरे पनि १७ जना अनुपस्थित रहेका थिए । परीक्षामा ७५३ जनाले सहभागिता जनाउँदा २४१ जना (३२.०१ प्रतिशत) मात्रै उत्तीर्ण भए । यो समूहमा ७ जनाको नतिजा वीथहेल्डमा रहेको छ ।

यस्तै बीडीएस तर्फ कुल ९५ जनाले फारम भरे पनि परीक्षामा ४ जना अनुपस्थित रहँदा ९१ जनाले मात्रै सहभागिता जनाए । त्यसमध्ये २१ जना (२३.०८ प्रतिशत) मात्रै उत्तीर्ण भएका थिए । 

लाइसेन्सिङ परीक्षामा अनुत्तीर्णको सङ्ख्या दुई तिहाइ बढी हुँदा मेडिकल तथा डेन्टल कलेजको पढाईको गुणस्तरमा समेत प्रश्न उठ्न थालेको छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  १२ : २३ बजे

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय