जाडोमा खानुहोस् यी तीन प्रकारको सुप, जसले थप बलियो बनाउँछ | Khabarhub Khabarhub

जाडोमा खानुहोस् यी तीन प्रकारको सुप, जसले थप बलियो बनाउँछ


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिले जाडो मौसममा आफ्नो विशेष ख्याल राख्नुपर्छ ।

यो मौसममा रुघाखोकी, भाइरल ज्वरोजस्ता धेरै समस्या हुन सक्छ । खानामा भिटामिनको कमीले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन सक्छ। यस्तो अवस्थामा शरीरमा कुनै पनि पोषक तत्त्वको कमी हुन दिनु हुँदैन ।

पोषणविद्का अनुसार केही मानिसहरू भिटामिनको कमीलाई हटाउन मल्टिभिटामिन सप्लिमेन्ट लिन थाल्छन्। तर मल्टि भिटामिनको कमीलाई पूर्ति गर्न, तपाईँ आफ्नो आहारमा केही सूप समावेश गर्न सक्नु भयो भने धेरै नै फाइदा हुनेछ । उसो भए जानौँ, कुन सूप पिउनाले भिटामिनको कमी हुँदैन भन्ने कुरा ?

मकै र पालक सूप

पालक र मकैको सुपमा भिटामिन ए, सी र के प्रचुर मात्रामा पाइन्छ। यसले प्रतिरक्षा प्रणाली बलियो बनाउन काम गर्छ। मकैमा फाइबर र भिटामिन बी कम्प्लेक्स पाइन्छ, जसले पाचन क्रियालाई सुधार्न मद्दत गर्छ । साथै, पालकमा पोटासियम र म्याग्नेसियम हुन्छ, जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ।

चुकन्दर र गाजर सूप

चुकन्दरमा आइरन र भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । जसका कारण शरीरमा रगतको कमी हुँदैन । साथै, गाजरमा भिटामिन ए हुन्छ, जुन छाला र आँखाका लागि फाइदाजनक हुन्छ। चुकन्दर र गाजरको सुप पिउनाले रक्तसञ्चार पनि बढ्छ । जसले गर्दा भिटामिनको कमी हुँदैन ।

मुगुको दालको सूप

मुगको दालमा प्रोटिन र आइरन प्रचुर मात्रामा पाइन्छ । यसले मांसपेशी बलियो बनाउन काम गर्छ। यसले भिटामिन बी–९ को कमीलाई पनि हटाउँछ। मुगको दालमा पनि फाइबर पाइन्छ । यसले पाचन र कब्जियतसँग सम्बन्धित समस्या हटाउँछ। यसमा कम क्यालोरी सामग्री छ। यसले तौल घटाउन पनि मद्दत गर्छ । -न्युजकारखानाबाट

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ६ : ५५ बजे

धरानका मेयरलाई मन्त्रीको जवाफ- ‘ड्रामा’ गरेर धरानमा खानेपानी आउँदैन

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले ‘ड्रामा’ गरेर धरानमा खानेपानीको समस्या समाधान

पारिलो घामसँगै टल्किएका हिमाल (तस्बिरहरू)

काठमाडौं- यो वर्षको हिउँद बित्न लाग्दा अहिलेसम्म नेपालमा माटो भिज्ने

राप्रपाले सरकारविरुद्धको जनसंघर्षलाई सशक्त बनाउने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्धको जनसंघर्षलाई सशक्त बनाउने जनाएको

बङ्गलादेश र विश्व बैंकबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता

ढाका– बङ्गलादेश सरकार र विश्व बैङ्कबीच पूर्वी क्षेत्रमा विद्युत् प्रसारण सञ्जाल

हतियारसहित चार जना भारतीय पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले चार जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको