झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता « Khabarhub

झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

झापा – झापामा चालु आर्थिक वर्षको छ महिनामा पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग सो अवधिमा उद्योगतर्फ दुई सय ९७ र वाणिज्यतर्फ दुई सय ३५ गरेर पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ आठ सय ७३ र वाणिज्यतर्फ आठ सय ६६ उद्योग नवीकरण गरिएको उनले बताए ।

उनका अनुसार जिल्लामा सो अवधिमा उद्योगतर्फ ८५ र वाणिज्यतर्फ ७१ गरी एक सय ५६ उद्योगको लगत कट्टा गरिएको छ । कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेको उनले बताए ।

विभिन्न कारणले उद्योग बन्द हुनेको सङ्ख्याभन्दा नयाँ थपिने उद्योगको सङ्ख्या बढ्दो रहेको भट्टराईको भनाइ छ । कार्यालयले उक्त अवधिमा विभिन्न शीर्षकमा रु एक करोड ४८ लाख १९ हजार चार सय ५० राजस्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ८ : ४४ बजे

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज

कांग्रेस उपसभापतिमा विनोद चौधरीको दाबी

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले पार्टीको