तालिवानका दुई शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी « Khabarhub

तालिवानका दुई शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काबुल– अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले तालिवानका शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अफगानिस्तानमा महिला अधिकार हनन गरेको तथा तालिवान सरकारले निरन्तर रूपमा लिङ्गमा आधारित अपराध गरेको भन्दै उनीहरूलाई पक्राउ पुर्जी जारी गरिएको हो ।

आईसीसीका प्रमुख अभियोजकका अनुसार तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा र इस्लामिक इमिरेट्स अफ अफगानिस्तानका मुख्य न्यायाधीश अब्दुल हकिम हक्कानीविरूद्द यो पक्राउ पुर्जी जारी भएको हो ।

दुई शीर्ष तालिबान अधिकारीहरू विरुद्ध आईसीसीले कारबाही गरेको खबर पछि अफगान महिला र मानव अधिकार अभियानकर्ताहरूले तुरुन्तै स्वागत गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

‘यस पक्राउ पुर्जी पछि हामीलाई आशा जागेको छ कि हाम्रो आवाज दबिएको छैन र विश्वले अझै पनि समानता र न्यायको लागि हाम्रो आह्वान सुन्छ भन्ने देखिएको छ,’ एक अफगान कार्यकर्ता जो ग्रामीण अफगानिस्तानका किशोरी लागि घर घरमा आधारभूत साक्षरता कक्षाहरू प्रदान गर्दछ, उनले सिएनएनसँग भनेका छन् । तर, प्रतिशोधको डरले आफ्नो नाम लुकाउन उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ९ : ०३ बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा