प्रदीपको प्रश्न – मलाई ‘सुपरस्टार’ स्वीकार गरेको हो ? « Khabarhub

प्रदीपको प्रश्न – मलाई ‘सुपरस्टार’ स्वीकार गरेको हो ?


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘एक्टर : टेक वान’ माघ १६ बाट प्रदर्शनमा आउँदैछ । यतिखेर प्रदीप यही फिल्म प्रचारमा व्यस्त छन् ।

निर्माण पक्षले बिहीबार फिल्मबारे जानकारी दिन पत्रकार सम्मेलन डाकेको थियो । उक्त कार्यक्रममा प्रदीप, निर्देशक राजन भुसाल र अर्का कलाकार सुनील सिटौला उपस्थित थिए ।

प्रदीपले उक्त कार्यक्रममा आफ्नो नाम अगाडि ‘सुपरस्टार’ ट्याग राखेको विषय कोट्याए ।

‘एक्टर : टेक वान’को ट्रेलरमा प्रदीपको नामको अगाडि सुपरस्टारको ट्याग दिइएको छ । यो ट्यागको विषयमा पत्रकारहरूले प्रश्न नगरेपछि प्रदीप आफैँ प्रसंगमा प्रवेश गरे ।

निर्देशक भुसालको जिद्दीमा आफूले ‘सुपरस्टार’को ट्याग पाएको उनले शुरूमै स्पष्ट बताए । उनले भने, ‘निर्देशकले ट्याग राख्नेबारे सल्लाह गर्नुभएको थियो, तर मैले हुँदैन भनेको थिएँ । तर, मैले उहाँलाई रोक्न सकिनँ । उहाँले राख्ने नै निर्णय गर्नुभयो ।’

निर्देशक भुसालले पनि प्रदीपको भनाइमा सहमति जनाए । धेरै दर्शकले प्रदीपलाई सुपरस्टार भनेर सम्बोधन गरेको सुनेकाले आफूले सो ट्याग दिएको उनले तर्क गरे

भुसालको भनाइको सार थियो, ‘मैले प्रदीपसँग काम गरिरहँदा धेरैले सुपरस्टार ट्यागका साथ सम्बोधन गरेको पाएँ । कलाकारलाई ट्याग सरकारी निकायले दिने होइन, जनताले दिने हो । जनताले सुपरस्टार मानेको महसुस भएपछि ट्याग दिइएको हो ।’

फिल्मको नामअनुसार ट्याग दिइएको भए आफू अझ खुसी हुने प्रदीपको भनाइ थियो । उनले स्पष्ट पारे, ‘बलिउडमा जुन फिल्म खेल्यो – त्यसैको फुर्को जोड्ने चलन हुन्छ । जस्तो, सुल्तान फिल्म खेल्दा कलाकारको नाम अगाडि सुल्तान जोडिन्छ । मलाई पनि एक्टर प्रदीप भनेर ट्याग दिएको भए हुन्थ्यो ।’

यद्यपि; उनी ‘सुपरस्टार’ ट्याग र निर्देशकप्रति असन्तुष्ट भने छैनन् । ट्रेलर सार्वजनिकपछि भएका पत्रकार भेट, औपचारिक र अनौपचारिक कार्यक्रममा ‘सुपरस्टार ट्याग’बारे प्रश्न नउठ्नुको कारण प्रदीपलाई जान्ने इच्छा रहेछ ।

उनले प्रश्न गरे, ‘म विभिन्न कार्यक्रममा उपस्थित छु । सुपरस्टार ट्यागबारे प्रश्न नै आएको छैन । पत्रकारबाट प्रश्न नआउनेले कतै मलाई सुपरस्टार भनेर स्वीकार गरेको त होइन ?’

यद्यपि; यसरी निर्माण पक्षबाट नामको अगाडि ट्यागको पाउने उनी पहिलो नायक भने होइनन् । कतिपय निर्देशक र निर्माताले आफ्नो कलाकारलाई दिएको ट्यागबारे विवाद पनि हुने गरेछ ।

सुपरस्टारको ट्याग पाउने प्रदीप पहिलो नेपाली कलाकार पनि होइनन् । यो ट्याग अर्कैले पाइसकेको छन् ।

फिल्मी वृतमा नायक भुवन केसीलाई सुपरस्टारको ट्यागले सम्बोधन गर्ने गरिन्छ । पछिल्लो समय प्रदीप र भुवनको सम्बन्ध राम्रो छैन ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ५ : ३४ बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला