थुनछेक बहस नसकिएपछि रविलाई फेरि परिवारको जिम्मा लगाइयो « Khabarhub

थुनछेक बहस नसकिएपछि रविलाई फेरि परिवारको जिम्मा लगाइयो


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– सुप्रिम सहकारी संस्थाको बचत रहम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस जारी छ ।

तीन दिनदेखि जारी सुनुवाइका क्रममा शुक्रबार पनि थुनछेक बहस नसकिएपछि जिल्ला अदालतले रविलाई परिवारको जिम्मा लगाएर पठाएको छ ।

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा तीन दिनदेखि जारी थुनछेक बहसमा शुक्रबार जाहेरवाला अर्थात् पीडित पक्षका वकिल र लामिछाने पक्षका कानुन व्यवसायीले बहस गरे ।

रविको तर्फबाट शुक्रबार सुरूमा वरिष्ठ अधिवक्ता सुशील पन्तले गरे । सुरज बस्नेत, नारायणदत्त कँडेल, सुरेन्द्र थापा, अधिवक्ता पशुपति भण्डारी, राजेन्द्र सेढाइँ र सुनीता राउतसहितले बहस गरे ।

दुवै पक्षको बहस नसकिएपछि अब आइतबार थप बहस हुनेछ । भोलि शनिबार परेकाले आइतबार बाँकी बहस सकेर अदालतले पुर्पक्षसम्बन्धी आदेश दिने सम्भावना छ ।

बुधबार र बिहीबार पनि बहस नकिएपछि रविलाई परिवारको जिम्मा लगाइएको थियो । अब रवि पक्षका वकिलहरूले बहसपछि जवाफी बहस थालिनेछ । आइबार सरकारी वकिल र जाहेरवालाका वकिलले बहस गरिसकेपछि न्यायाधीश योगीले पुर्पक्षसम्बन्धी आदेश दिनेछन् ।

उक्त सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना भएको दाबि सरकारको छ । यसमा रवि र उनका साझेदारहरूसहित २८ जनाविरुद्ध मुद्दा चलेको छ ।

रवि यसअघि पुस २५ मा कास्कीमा ६५ लाख र माघ २ गते काठमाडौंमा ६० लाख धरौटीमा रिहा भएका छन् ।

अब रविलाई चितवन र पर्सा लैजान बाँकी छ । त्यहाँ पनि मुद्दा चलाउने तयारी सरकारको छ । पक्राउ पुर्जी जारी भएपछि रविलाई चितवन र पर्सा लगेर बयान लिने काम भइसकेको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ६ : ०० बजे

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ

सिभिल इन्जिनियर लोहनी व्यावसायिक कागतीखेतीमा व्यस्त

दाङ– घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर

इलेक्ट्रोनिक सिस्टमले प्रतिनिधिलाई मतदान गर्न समस्या : ओलीलाई ५५ मिनेट लाग्यो

काठमाडौं – एमालेको ११ औँ महाधिवेशनमा पाका नेतालाई मतदानमा समस्या

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा