अर्थतन्त्र सुधार गर्न सरकार अग्रसर छ : सञ्चारमन्त्री गुरूङ « Khabarhub

अर्थतन्त्र सुधार गर्न सरकार अग्रसर छ : सञ्चारमन्त्री गुरूङ


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लमजुङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिग्रिँदै गएको मुलुकको अर्थतन्त्र वर्तमान सरकारले सुधार्दै लगेको बताएका छन् । 

लमजुङ सुन्दरबजार नगरपालिका–७ मा लमजुङ उद्योग वाणिज्य सङ्घ, सुन्दरबजार एकाइद्वारा आज आयोजित १०औँ सुन्दरबजार महोत्सव उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था सुधारमा सरकार लागिपरेको बताए । 

मुलुकमा स्थानीय उत्पादन गरेर, व्यापार, व्यवसाय बढाएर आर्थिक आम्दानी बढाउनुपर्नेमा जोड दिँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले अर्थतन्त्रलाई माथि उठाउन अर्थतन्त्रसँग जोडिएका ११ कानुन संशोधन गरेर अध्यादेशमार्फत सरकार अघि बढेको स्पष्ट पारे ।

कांग्रेस–एमाले मिलेर सरकार बनाउनुको उद्देश्य पनि अर्थतन्त्र सुधार गर्नु रहेको सञ्चारमन्त्री गुरूङको भनाइ छ । उनले विभिन्न समयमा दुई पार्टी मिलेर देशका लागि काम गर्दै आएको र अहिले पनि देशको लागि वर्तमान सरकार महत्त्वपूर्ण रहेकाले बताउँदै आगामी तीन वर्ष नै यही मुख्य दुई ठूला दलको सरकार कायम रहने बताए । 

वर्तमान सरकारले अर्थतन्त्र सुधारसहित सुशासन र विकास प्राथमिकतामा राख्दै जनताको चाहनाअनुसार विकास गरिरहेको सञ्चारमन्त्री गुरुङले बताए । 

चाहे जति विकास भई नसके पनि विकासको जग बसालिसकेकाले अब बिस्तारै विकासको अनुभूति जनताले महसुस गर्ने उनको भनाइ छ । त्यस्तै गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले प्रदेश सरकारले जनताको प्राथमिकताका आधारमा काम गर्दै आएको बताए ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ७ : ४९ बजे

को हुन् नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका विदेशी प्रशिक्षक हर्षल पाठक ?

काठमाडौं– नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका लागि इतिहासमा पहिलोपटक विदेशी

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ

सिभिल इन्जिनियर लोहनी व्यावसायिक कागतीखेतीमा व्यस्त

दाङ– घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर

इलेक्ट्रोनिक सिस्टमले प्रतिनिधिलाई मतदान गर्न समस्या : ओलीलाई ५५ मिनेट लाग्यो

काठमाडौं – एमालेको ११ औँ महाधिवेशनमा पाका नेतालाई मतदानमा समस्या

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात