जसपाको केन्द्रीय समिति बैठक जारी « Khabarhub

जसपाको केन्द्रीय समिति बैठक जारी


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

पर्सा– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक बसिरहेको भएको छ । पर्साको वीरगञ्ज स्थित पुजन होटलमा केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा बैठक सुरु भएको पार्टीका उपमहासचिव एवम् सङ्घीय खानेपानी मन्त्री प्रदीप यादवले जानकारी दिए ।

उनले भने, ‘हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक प्रारम्भ भएको छ । बैठकमा विभिन्न राजनीतिक, सङ्गठनात्मक तथा समसामयिक विषयहरूमा गहन छलफल गर्नुका साथै, पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा विशेष ध्यान दिइनेछ ।’

बैठकमा केन्द्रीय अध्यक्ष अशोककुमार राई, सङ्घीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ, सह अध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष तथा माननीय मन्त्री नवलकिशोर साह सुडी, खानेपानी मन्त्री प्रदीप यादव, उपाध्यक्ष माननीय सुशीला श्रेष्ठ, उपाध्यक्ष रन्ध्वज कन्दनवा लिम्बू, महासचिव मोहम्मद इश्तियाक राई, सचिव माननीय बिरेन्द्र महतो, कोषाध्यक्ष माननीय रञ्जु झा सहभागि रहेको बताइएको छ ।

केन्द्रीय समिति बैठक भोलिसम्म सञ्चालन हुने जनता समाजवादी पार्टी (जसपा) ले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ११ : ४८ बजे

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्

एमाले महाधिवेशन : मतदान जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी