‘सडकमा माग र खोजी भइरहेको बेला निर्णायक नबने राप्रपालाई इतिहासले धिक्कार्ने छ’  « Khabarhub

‘सडकमा माग र खोजी भइरहेको बेला निर्णायक नबने राप्रपालाई इतिहासले धिक्कार्ने छ’ 


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणाले सडकमा पार्टीको माग र खोजी भइरहेको बेला निर्णायक नबने इतिहासले धिक्कार्ने बताएका छन् । 

राप्रपाको शुक्रबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले फलाम तात्तिएको बेला दत्तचित्त भएर सडककेन्द्रीत आन्दोलनमा होमिनुको विकल्प नभएको जिकिर गरेका छन् । 

‘चिचीको पनि लोभ र पापाको पनि लोभ गर्ने बेला छैन, फलाम तात्तिएको बेला दत्तचित्त भएर सडककेन्द्रीत आन्दोलनमा होमिनुको विकल्प छैन,’ महामन्त्री राणाले भनेका छन् ।  

उनले पार्टी सत्ताको फोहरी खेलमा लाग्दैन भन्ने आदर्श छाँटे पनि दोहोरो मापदण्ड, अन्तरविरोध, सत्य र इमानदारीको अभावमा जनताको मनमा राप्रपा स्थापित हुन नसकेको समेत उल्लेख गरेका छन् ।

‘मुद्दाको लोकप्रियता भोटमा परिणत गर्न सकेका छैनौँ । त्यस मानेमा संघ, प्रदेश र स्थानीय तहका उपनिर्वाचनका असफलताहरु गम्भीर सूचक हो । जनताको मनमा बस्ने कि रु संग्रहालयको सजावट बन्ने भन्ने जनताको जनाउ हो,’ राणाको भनाइ छ ।  

जनता बद्लिएनन् भन्दै जिम्मेवारीबाट भाग्ने र जनतामाथि दोष थोपरेर गल्तीमाथि गल्ती गर्ने समय र सुविधा राप्रपासँग नभएको जिकिर गर्दै राणले भनाइ र गराइ बीचको अन्तर मेटेर आफैं सच्चिनुको विकल्प नभएको प्रतिवेदनमा लेखेका छन् । 

‘समयको सन्देश आत्मसात गर्नु नै बुद्धिमानी हुनेछ । नीति, सिद्धान्त र लक्ष्यप्रति कटिवद्ध कार्यकर्तालाई पार्टीको गहना मानेर सिर्जनात्मक सुझाव र आलोचनाको सम्मान गर्नु जरुरी भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘खुला बहस, फरक मत, असहमति बीचको सहमति प्रजातान्त्रिक अभ्यासका सार्थक आधार व्यवहारमा रूपान्तरण गर्नु आवश्यक भएको छ ।’

केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समितिको निर्णयअनुसार योजनाबद्ध रूपमा राप्रपाले सडकको लक्ष्य तय गर्न ढिला गर्न नहुनेमा महामन्त्री राणाले जोड दिएका छन् । 

‘राजा र धर्मको माहोल बनेको बेला, सडकमा राप्रपाको नेतृत्वदायी भूमिका माग भएको बेला, अवसर र जिम्मेदारीबाट चुक्ने सुविधा राप्रपासँग छैन,’ उनले भनेका छन्, ‘त्यसैले केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समितिको निर्णयबमोजिम योजनाबद्ध तवरले सडकको लक्ष्य तय गर्न ढिला गर्न हुन्न । आन्दोलनको बलमा संगठन, आन्दोलनको बलमा परिवर्तन, यही नै समयानुकूल रणनीतिक मार्गचित्र हो ।’ 

महामन्त्री राणाले केन्द्रीय कार्यसमितिसँग बाँकी रहेको १० महिने कार्यकालमा विधान र महाधिवेशनको कार्यादेश पूर्ण पालना गर्दै आन्दोलनमा अर्जुनदृष्टि राखेर पार्टी संरचनाको सशक्त परिचालन गर्नु उपयुक्त हुने बताएका छन् ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १२ : २८ बजे

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्

एमाले महाधिवेशन : मतदान जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी