८४ पछिमात्रै सरकार परिवर्तन हुन्छ : उपप्रधानमन्त्री पौडेल | Khabarhub Khabarhub

८४ पछिमात्रै सरकार परिवर्तन हुन्छ : उपप्रधानमन्त्री पौडेल


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने भ्रमपूर्ण र हावादारी कुरा दिनदिनै हुने गरेको भन्दै बजारु र हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको बताएका हुन् । 

अहिलेको कांग्रेस–एमालेबीचको सहकार्य ८४ सम्म भएकाले ८४ पछिमात्रै सरकार परिवर्तन हुने उनले बताए । मन्त्री पौडेलले सुशासन, आर्थिक सुधार र संविधान संशोधनका लागि एमाले र कांग्रेसबीच गठबन्धन भएकाले कुशासन र भ्रष्टाचार नियन्त्रणका साथै कालोबजारी र तस्करी नियन्त्रणमा सरकार लागिपरेको बताए । 

त्यस्तै उनले नयाँ सरकार गठन भएपछि मुलुकको अर्थतन्त्र सुधार भएको दाबी समेत गरे । गत वर्षभन्दा यस वर्षको पछिल्लो ६ महिनामा आर्थिक सूचकहरू सकारात्मक देखिएकाले अर्थतन्त्र चलायमान हुने उनको भनाइ छ । 

पौडेलले अर्थतन्त्रमा सुधार आउने क्रम बढेकाले चालू आर्थिक वर्षको अन्त्य सम्ममा पुँजीगत खर्च बढ्ने जिकिर गरे ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  २ : ४८ बजे

पाथीभरा प्रकरणमा गृहमन्त्रीको विज्ञप्ति – घाइतेलाई उपचार आश्वासन, विवाद मिलाउन अनुरोध

काठमाडौं – गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा केबलकार

लेबनानमा इजरायली आक्रमणमा तीव्र, २५ जनाको मृत्यु, १६० घाइते

एजेन्सी – लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली सैनिकको आक्रमणमा

‘विद्यालय शिक्षाबाट विकास प्रक्रियामा उल्लेखनीय योगदान’

सुनसरी – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अनुशासित शैक्षिक जनशक्तिबाट देशको समग्र

पाकिस्तानी सेनाको चेकपोष्टमा आक्रमण, दुई सैनिक मारिए

एजेन्सी – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सेनाको एउटा चेकपोस्टमा भएको

देशव्यापी सम्मेलन र खबरदारीबाट माओवादीमा नयाँ जागरण : सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले