संविधान संशोधन गरी चुनावी प्रक्रिया समयानुकूल बनाउनुपर्नेमा जोड « Khabarhub

संविधान संशोधन गरी चुनावी प्रक्रिया समयानुकूल बनाउनुपर्नेमा जोड


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

ललितपुर– प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता उदयशमशेर जवराले मुलुकको आवश्यकताका आधारमा कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच गठबन्धन भई वर्तमान सरकार गठन भएको बताएका छन् । 

गोदावरी नगरपालिका–१ मा सो पार्टीले आयोजना गरेको सय दिने विशेष अभियानअन्तर्गतको क्रियाशील भेलामा ललितपुर–१ का सांसदसमेत रहेका उनले अहिले सरकार गठनका लागि गठबन्धन गरिएको भए पनि आगामी निर्वाचनमा भने गठबन्धन नहुने स्पष्ट पारे। 

उनले संविधान संशोधन गरी चुनावी प्रक्रिया समयानुकूल बनाइनुपर्नेमा समेत जोड दिए । 

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कांग्रेस जनताको चाहनाअनुरूप विकास निर्माणमा प्रतिबद्धता रहेको बताए। वडा नं १ का अध्यक्ष श्रीराज थापाले २०४८ सालदेखि वडाको नेतृत्व नेपाली कांग्रेसले गरिरहेकाले आगामी दिनमा पार्टीलाई अझ बलियो बनाउने प्रतिबद्धता जनाए ।

त्यस अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ५ : ५० बजे

पछिल्लो २४ घण्टामा १८ विपद्का घटना : ३ जनाको मृत्यु, ५ घाइते

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा १८ वटा विपद्का घटना दर्ता

 एनएमबि बैंकका ग्राहकलाई मेदांता अस्पतालमा छुट

काठमाडौं – एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक

भैँसीपालनमा रमाउँदै अर्जुन, ११ वर्ष कतारमा बगाएका थिए पसिना

झापा– भद्रपुर नगरपालिका–१ का ३९ वर्षीय अर्जुन सुवेदीको गोठमा भैँसीका

अफगानिस्तानमा घर भत्किदा तीन जनाको मृत्यु, एक घाइते

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा सोमबार आएको शक्तिशाली आँधीका कारण

इजरायलमा रोजगारी खुल्ने विषय अन्योलमा पर्दा प्रक्रिया पूरा गरेका युवा आन्दोलित

काठमाडौं– इजरायल रोजगारी खुल्ने विषय अन्योलमा पर्दा विगतदेखि प्रक्रिया पूरा