देशका विभिन्न स्थानमा आगलागी–१७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट | Khabarhub Khabarhub

देशका विभिन्न स्थानमा आगलागी–१७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोरङ, सर्लाही, झापा र कपिलवस्तुमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब १७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मोरङ, बुढिगंगा गाउँपालिका-२ बस्ने उपेन्द्र गुप्ताको घरमा विद्युतको तार सर्ट भई आइतबार बिहान आगलागी हुँदा नजिकैको अर्को घर समेत जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सर्लाही, मलंगवा नगरपालिका-७ मुसैली बस्ने बिश्वास राय राम दुलारको घरमा करेन्ट सर्ट भई आइतबार बिहान आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

झापा, शिवसताक्षी नगरपालिका-२ बस्ने बुद्धि कुमार बस्नेतको घरमा शनिबार बेलुका आगलागी हुँदा नजिकैको ३ वटा गोठ र परालको कुन्यु समेत जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कपिलवस्तु, कृष्णनगर नगरपालिका-९ बिजयनगर बस्ने गोल्ले यादवको गोठमा लामखुट्टे धपाउन बालेको आगोबाट आइतबार बिहान आगलागी भई आगो बस्तीमा फैलिँदा उनी समेत ४ जनाको ४ वटा गोठ र २ वटा घर पूर्णरूपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

आगलागी भएका स्थानहरूमा तत्काल खटिएको स्थानीय प्रहरीले स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १ : १४ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।