देशका विभिन्न स्थानमा आगलागी–१७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट « Khabarhub

देशका विभिन्न स्थानमा आगलागी–१७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोरङ, सर्लाही, झापा र कपिलवस्तुमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब १७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मोरङ, बुढिगंगा गाउँपालिका-२ बस्ने उपेन्द्र गुप्ताको घरमा विद्युतको तार सर्ट भई आइतबार बिहान आगलागी हुँदा नजिकैको अर्को घर समेत जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सर्लाही, मलंगवा नगरपालिका-७ मुसैली बस्ने बिश्वास राय राम दुलारको घरमा करेन्ट सर्ट भई आइतबार बिहान आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

झापा, शिवसताक्षी नगरपालिका-२ बस्ने बुद्धि कुमार बस्नेतको घरमा शनिबार बेलुका आगलागी हुँदा नजिकैको ३ वटा गोठ र परालको कुन्यु समेत जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कपिलवस्तु, कृष्णनगर नगरपालिका-९ बिजयनगर बस्ने गोल्ले यादवको गोठमा लामखुट्टे धपाउन बालेको आगोबाट आइतबार बिहान आगलागी भई आगो बस्तीमा फैलिँदा उनी समेत ४ जनाको ४ वटा गोठ र २ वटा घर पूर्णरूपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

आगलागी भएका स्थानहरूमा तत्काल खटिएको स्थानीय प्रहरीले स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १ : १४ बजे

रास्वपा सांसद गेलालले मतदातालाई भने, ‘विगतमा चिया, बिस्कुट, मासुभात र पैसामा बिकेकाहरूले विरोध गर्न थाले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उदयपुर क्षेत्र नम्बर १ का

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२