पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छ : सञ्चारमन्त्री गुरुङ | Khabarhub Khabarhub

पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छ : सञ्चारमन्त्री गुरुङ


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कास्की– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनसहित खेलकुदको केन्द्र बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

पोखरा रङ्गशालामा आजदेखि सुरु पाँचौँ संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनशिप’ महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले सरकारको सपना पोखरालाई सबै हिसाबले समृद्ध बनाउने रहेको उल्लेख गरे। 

‘गण्डकी प्रदेश स्रोत र साधनले सम्पन्न छ । मानवीय प्रयासले अझ शान्त र सभ्य, समृद्ध बनाउने हाम्रो सपना छ । पर्यटकीय राजधानीसँगै पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्दछ’, सञ्चारमन्त्री गुरुङले भने। 

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले पोखरालाई खेलकुद राजधानीसँगै शिक्षा र स्वास्थ्यको राजधानी बनाउनका लागि भौतिक पूर्वाधार निर्माण सरकारको योजनामा रहेको बताए। 

टाइगर कप भलिबलसहित, आहा रारा गोल्डकप फुटबल, अन्तर्राष्ट्रिय म्याराथनलगायतका प्रतियोगिताले यहाँको खेलकुदको विकासमा सहयोग गरेको उनको भनाइ थियो । मन्त्री गुरुङले पोखरामा ‘आइटी पार्क’ र ‘डाटा सेन्टर’ बनाउने सरकारको योजना रहेको बताए ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले खेलकुद विकासलाई महानगरले प्राथमिकतामा राखेको बताए । खेल र खेलाडीका लागि महानगरले सहयोग गर्दै आएको समेत उनले जानकारी दिए ।

 पोखरा रङ्गशालामा आजदेखि सुरु प्रतियोगिता यही माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ छ र महिलातर्फ छ गरी कूल १२ टोलीको सहभागिता छन् । 

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ७ : ५२ बजे

ओली जन्मिएको घरनजिकै प्रचण्डले शिलान्यास गरे ‘जनयुद्ध स्मारक‘

तेह्रथुम- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी

न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको सुनुवाइ माघ २० गते

काठमाडौं – संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर

पैसाका लागि राजनीति हुन थाल्यो : शेखर कोइराला

विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीति देश र

मन्त्रीहरूलाई देउवाको निर्देशन- सांसदहरूसँग समन्वय गरेर काम गर्नू

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी

सरकारले ल्याएका अध्यादेशप्रति कांग्रेसमा असन्तुष्टि

काठमाडौं– सत्तारूढ नेपाली कांग्रेसका सांसदहरूले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले