एम्बाप्पेको ह्याट्रिकमा रियल म्याड्रिडको शानदार जित « Khabarhub

एम्बाप्पेको ह्याट्रिकमा रियल म्याड्रिडको शानदार जित


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केलिएन एम्बाप्पेको ह्याट्रिक गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगाको खेलमा रियल भालाडोलिडलाई ३-० ले हराएको छ।

खेलको ३० औँ मिनेटमा जुड वेलिङघमको क्रसलाई उपयोग गर्दै एम्बाप्पेले म्याड्रिडलाई पहिलो अग्रता दिलाएका थिए।

दोस्रो हाफको सुरुवात अर्थात् खेलको ५७ औँ मिनेटमा रोड्रिगोको पासमा एम्बाप्पेले अर्को उत्कृष्ट गोल गरे भने ९१ औँ मिनेटमा पाएको पेनाल्टीलाई उपयोग गर्दै एम्बाप्पेले ह्याट्रिक पुरा गरेका हुन्।

स्पेनिस ला लिगाको अर्को खेलमा एट्लेटीको म्याड्रिड र भिल्लारियल बिच १-१ गोलको बराबरी भयो। सेभिया र इस्पानियोलका १-१ गोलको बराबरीमा रोकिए भने रियल बेटिसले मालोर्कालाई १-० ले हरायो।

स्पेनिस ला लिगाको अंक तालिकामा रियल म्याड्रिडको २१ खेलमा ४० तथा एट्लेटीको म्याड्रिडको २१ खेलमा ४५ अङ्क छ। २० खेल खेलेको बार्सिलोनाको ३९ अङ्क छ। एथलेटिक बिलबाओको समेत समान ३९ अङ्क नै छ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ६ : १९ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६