एम्बाप्पेको ह्याट्रिकमा रियल म्याड्रिडको शानदार जित « Khabarhub

एम्बाप्पेको ह्याट्रिकमा रियल म्याड्रिडको शानदार जित


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केलिएन एम्बाप्पेको ह्याट्रिक गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगाको खेलमा रियल भालाडोलिडलाई ३-० ले हराएको छ।

खेलको ३० औँ मिनेटमा जुड वेलिङघमको क्रसलाई उपयोग गर्दै एम्बाप्पेले म्याड्रिडलाई पहिलो अग्रता दिलाएका थिए।

दोस्रो हाफको सुरुवात अर्थात् खेलको ५७ औँ मिनेटमा रोड्रिगोको पासमा एम्बाप्पेले अर्को उत्कृष्ट गोल गरे भने ९१ औँ मिनेटमा पाएको पेनाल्टीलाई उपयोग गर्दै एम्बाप्पेले ह्याट्रिक पुरा गरेका हुन्।

स्पेनिस ला लिगाको अर्को खेलमा एट्लेटीको म्याड्रिड र भिल्लारियल बिच १-१ गोलको बराबरी भयो। सेभिया र इस्पानियोलका १-१ गोलको बराबरीमा रोकिए भने रियल बेटिसले मालोर्कालाई १-० ले हरायो।

स्पेनिस ला लिगाको अंक तालिकामा रियल म्याड्रिडको २१ खेलमा ४० तथा एट्लेटीको म्याड्रिडको २१ खेलमा ४५ अङ्क छ। २० खेल खेलेको बार्सिलोनाको ३९ अङ्क छ। एथलेटिक बिलबाओको समेत समान ३९ अङ्क नै छ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ६ : १९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै