बाढीको वितण्डापछि जुर्मुराउँदै बेथानचोकका किसान | Khabarhub Khabarhub

बाढीको वितण्डापछि जुर्मुराउँदै बेथानचोकका किसान


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काभ्रे– यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको छ । यहाँका किसान ती जरा (झ्यास) र ढुङ्गा पन्छाउँदै बारी सफा गरेर अब आलु रोप्ने तयारीमा छन् ।

गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण यहाँको पाट्ने खोलामा आएको बाढीले बारी सबै पुरिएपछि समस्यामा रहेका बेथानचोक गाउँपालिका– २ गेल्ढुङ बजार आसपास क्षेत्रका किसान यतिबेला बारी सफा गरेर आलु रोप्ने तरखरमा छन् ।

बजारमूल्य राम्रो पाउने भएका कारण किसानले हिउँदमा आलुखेती गरेर आम्दानी गर्दै आएका थिए । तर यसपटक भने बाढीले बारी सबै पुरिएका कारण खेती गर्न समस्या भएको उनीहरूको गुनासो छ ।

बर्खामा बाढी आएर बगाउलाझैँ हुने र हिउँद लागेपछि खानेपानीको समस्या खेप्नुपरेको यहाँका नागरिक बताउँछन् । बाढीपहिरोबाट क्षति पुगेको बेथानचोकमा बत्ती विस्तार भए पनि खानेपानीको भने समस्या खेपिरहेको स्थानीय विनोद तिमल्सिनाले बताए । आफैँले श्रम गरेर क्षतिग्रस्त बारी बनाइरहेको भए पनि बाढी नियन्त्रण र खानेपानीको व्यवस्थापन गरिदिए धेरै सहज हुने उनको भनाइ छ । बाढीले त्यतिखेर लगाएको मकै बाली सबै बगाएर सखाप बनाएको थियो ।

विशेषगरी नगदे बालीका रूपमा आलुखेती गरेर आम्दानी गर्दै आएका बेथानचोकका किसानका लागि यसपटकको बाढीले धेरै नोक्सान गरेको अर्का स्थानीय अर्जुनप्रसाद तिमल्सिनाले बताए । माघमा लगाएको आलु जेठमा खनेर बेच्ने गरेका यहाँका किसानलाई अहिले आलु रोप्न बारी सफा गर्दैमा दिन बित्ने गरेको छ । डोजर लगाएर पनि सफा गर्न नसक्ने अवस्थामा रहेका बारीलाई मलिलो बनाएर जीवन गुजार्नुपरेको उनले पीडा सुनाए ।

बारीमा भरिएका ढुङ्गा खोलामा लगेर फाल्दै पुनः खेतीयोग्य बारी बनाउन किसानलाई सकस परेको छ । कतिपय त गाडीको सहायताले अरु ठाउँमा लगेर थुपार्ने गरिरहेका छन् । स्थानीय रूपा भण्डारीले खेतीपाती र तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्नुपर्ने बारीमा बाढीले क्षति गरेपछि झन् समस्यामा परेको बताइन् । जस्तोसुकै कष्ट र पीडा खेप्नुपरे पनि जीवन निर्वाहका लागि बारी बनाउनुको विकल्प नभएको उनको भनाइ छ ।

सम्पत्तिका नाममा रहेको बारी र घर बाढीले पुरेर बगर बनाएपछि समस्या झेल्दै आएकी अर्की किसान सीता तिमल्सिनाले छाडेर जाने ठाउँ अन्त कतै नभएपछि डोजर लगाएरै भए पनि बारी सम्याएर खेती गर्ने तरखर गरेको बताइन् ।

बाढीपहिरो गएको चार महिना बितिसक्दा पनि यहाँका नागरिकले सरकारबाट पाउनुपर्ने सहयोग पाउन नसकेको उनीहरुको गुनासो छ । 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ९ : १७ बजे

नाइजेरियामा भिडन्त हुँदा २२ सैनिकको मृत्यु

अबुजा – नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोको दुर्गम सहरमा सशस्त्र विद्रोहीहरूले

अनलाइन जुवा खेलाउने दुई जना पक्राउ

काठमाडौं – प्रहरीले रु दुई करोड बराबरको अनलाइन जुवा खेलाएको

रास्वपाले गुण र दोषका आधारमा अध्यादेशमाथि बहस गर्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले ल्याएका अध्यादेशमाथि गुण–दोषका

आवश्यकताअनुसार अध्यादेश जारी गरिएको भन्दै सत्तापक्षीय दल एकमत

काठमाडौं । सत्तापक्षीय दलहरूले आवश्यकताका आधारमा अध्यादेश जारी गरिएकाले यसमा

बैतडीमा बँदेलका लागि थापिएको पासोमा चितुवा

बैतडी– बैतडीमा बदेलका लागि थापिएको पासोमा चितुवा फसेको छ। दशरथचन्द