पोषणविद् भन्छन्- भात जतिखेर पनि खानुहुन्न  | Khabarhub Khabarhub

पोषणविद् भन्छन्- भात जतिखेर पनि खानुहुन्न 


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भात हरेक नेपालीको भान्सामा फरक तरिकाले तयार गरिन्छ । अधिकांश मानिस रोटीभन्दा भात नै खान मन पराउँछन् । यो सजिलै पचाउन सकिने, हल्का र कार्बोहाइड्रेटयुक्त खाना हो, जसले शरीरलाई ऊर्जा प्रदान गर्छ।

तर, यो जान्न जरुरी छ कि भात कहिले खानु सबैभन्दा फाइदाजनक हुन्छ र कहिले खानु हुन्न भन्ने कुरा पनि उत्तिकै जान्न जरुरी छ । गलत समयमा भात खाँदा तौल बढ्ने र स्वास्थ्यमा समस्या आउन सक्छ  । 

पोषणविद्का अनुसार दिनको समयमा भातको सेवन गर्नको लागी उत्तम मानिन्छ। विशेषगरी दिउँसोको खानामा भात खानु उपयुक्त हुन्छ ।

यसको मुख्य कारण दिनको समयमा हाम्रो मेटाबोलिज्म रेट उच्च हुने भएकाले चामल सजिलै पच्ने गर्छ । राती भात खानबाट जोगिनुपर्छ किनभने यस समयमा मेटाबोलिज्म सुस्त हुन्छ, जसले भातको पाचनलाई ढिलो गर्न सक्छ । जसले तौल बढ्ने, रगतमा चिनी बढ्ने र अन्य स्वास्थ्य समस्याको जोखिम बढाउन सक्छ ।

भात ग्लुटेन मुक्त छ, त्यसैले यो ग्लुटेन एलर्जी भएका मानिसहरूका लागि उपयुक्त छ। ब्राउन राइसमा फाइबर र एन्टिअक्सिडेन्टको मात्रा बढी हुन्छ, जसले मुटुको स्वास्थ्य सुधार गर्न मद्दत गर्छ । भातमा सोडियमको मात्रा कम हुने भएकाले यसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

राती भात खाँदा तौल बढ्ने खतरा हुन्छ किनभने यसमा क्यालोरी बढी र फाइबर कम हुन्छ। राति भात खाँदा रगतमा चिनीको मात्रा बढ्न सक्छ, जसले मधुमेहका बिरामीलाई नोक्सान पुर्‍याउँछ।

भातसँग तरकारी, दाल वा प्रोटिनयुक्त खाना समावेश गर्नुहोस् । ब्राउन राइसको सेवन गर्नुहोस् किनभने यसमा फाइबर र पोषक तत्व बढी हुन्छ। भात फ्राइ वा धेरै मसलादार बनाउनबाट बच्नु होस् । भात खाने सबैभन्दा राम्रो समय दिउँसोको खाना हो । सही समय र मात्रामा भात खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ ।

तर, तौल घटाउन चाहनुहुन्छ वा मधुमेहजस्ता रोगसँग लड्दै हुनुहुन्छ भने डाक्टर वा आहार विज्ञको सल्लाहअनुसार भात सेवन गर्नुहोस् । -न्युजकारखानाबाट

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १२ : ५१ बजे

बुढीगङ्गाको बाम्का बजारमा ग्यास सिलिण्डर पड्किँदा १२ पसल जलेर नष्ट

बाजुरा–  जिल्लाको बुढीगङ्गा नगरपालिका-६ मा पर्ने बाम्का बजारमा आज दिउँसो

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– लागूऔषधसहित देशका विभिन्न स्थानबाट प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएको

एम्बाप्पेको फुटबल करिअरमै धक्का दिँदैछन् लामिन यामाल

काठमाडौं- स्पेनी युवा स्टार लामिन यामालको उदयले फ्रान्सेली कप्तान किलियन

हिमालको कथा बोकेको संग्रहालय : हर्जोगको आइस एक्स र सालिकको यात्रा

पोखरा– अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले फेरि एक ऐतिहासिक अध्यायलाई आफ्नो भित्तामा समेटेको

भेरी नदीमा बेपत्ता दुई जनाको शव फेला, एक बेपत्ता

काँक्रेविहार– जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा