ज्ञानेन्द्र शाही भन्छन्- एजेण्डा बिर्सिएको राप्रपा बैठक रमिता हेर्ने थलो बन्यो « Khabarhub

ज्ञानेन्द्र शाही भन्छन्- एजेण्डा बिर्सिएको राप्रपा बैठक रमिता हेर्ने थलो बन्यो

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जानुपर्ने तर्क


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जारी केन्द्रीय समितिको बैठक मूल एजेण्डमा केन्द्रित हुन नसकेको बताएका छन् ।

काठमाडौंमा जारी बैठकबारे प्रश्न गर्दै उनले पार्टी नेतृत्वको समेत आलोचना गरेका छन् । ‘कतै राप्रपा केन्द्रीय समितिको बैठक… ‘कामकुरा एकातिर कुम्लो बोकी ठिमितिर’ त भएन ?’, उनले बैठकबारे प्रश्न गरेका छन्।

राष्ट्र र देशवासीको हितका लागि अहिलेको अवस्थामा पार्टीलाई एक ढिक्का बनाएर मूल एजेण्डामा केन्द्रित गर्नुपर्नेमा उनले बताए ।

संविधान संशोधनको विषयमा राजनीतिक दलहरूबीच छलफल चलिरहेकाले राप्रपाले पनि यसबारे धारणा स्पष्ट पार्नुपर्ने शाहीले बताए ।

संविधान संशोधन गराउन दबाबमुलक कार्यक्रम गर्नुपर्ने भन्दै उनले यसका विषय के कस्ता हुन सक्छन् भनेर चर्चा गरेका छन् ।

संविधान संशोधनका एजेण्डाको पहिलो नम्बरमै शाहीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको शासकीय स्वरुपको प्रस्ताव गरेका छन् ।

एकजना व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने गरी संविधान संशोधन हुनुपर्नेमा पनि उनले जोड दिएका छन् ।

‘अब जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरिनुपर्छ’, राप्रपाका प्रमुख सचेतक समेत रहेका शाहीले भनेका छन् ।

प्रदेश संरचना, धर्म निरपेक्षता, राष्ट्रपति र राजाबारे जनमत संग्रह जस्ता विषयमा जाने गरी पार्टीले निर्णय लिनुपर्ने उनले बताएका छन् ।

संविधान संशोधनका लागि अन्य एजेण्डासमेत पार्टीले अगाडि बढाउनुपर्नेमा शाहीले जिकिर गरेका छन् ।

‘भ्रष्टाचारीलाई आजीवन कारावास र सम्पत्तिहरण गर्ने कानुन निर्माण तथा संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, विदेशमा रहेका नेपालीलाई मताधिकार, युवालाई रोजगारी ग्यारेन्टी संविधान संशोधनका क्रममा समेटिनुपर्छ’, उनले भनेका छन् ।

कर्मचारी र शिक्षकलाई राजनीतिमा निषेध गर्नेगरी आवश्यक व्यवस्था संविधानमै गरिनुपर्नेमा उनको जोड छ । तर, यस्ता एजेण्डामा पार्टीको केन्द्रीय समिति केन्द्रित नभएको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

‘हामी अहिले एकअर्कालाई आरोप र प्रत्यारोप गरेर पार्टीको केन्द्रीय समिति बैठकलाई रमिता हेर्ने थलोका रूपमा प्रयोग गरिरहेका छौँ’, उनले भनेका छन्, ‘जो आफैंमा कुनै पनि प्रगति र परिणाम दिने काम होइन ।’

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १ : ३६ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था