भानु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि विद्या निकुञ्जलाई | Khabarhub Khabarhub

भानु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि विद्या निकुञ्जलाई


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

डुम्रे– यहाँको भानु नगरपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि विद्या निकुञ्ज माध्यमिक विद्यालयले जितेको छ ।

भानु–९ काउरेटारस्थित खेलमैदान भएको प्रतियोगितामा विद्या निकुञ्जले छ स्वर्ण, एक रजत र दुई कास्य गरी नौ पदकसहित उपाधि जित्न सफल भएको हो । 

भानु–९ डुम्रीखर्कस्थित कालिका माध्यमिक विद्यालयले पाँच स्वर्ण, छ रजत र चार कास्य गरी १५ पदक प्राप्त गरी द्वितीय स्थान प्राप्त गरेको छ । भानु–९ बाइसजागरस्थित कर्मदा माध्यमिक विद्यालयले चार स्वर्ण, तीन रजत गरी सात पदक प्राप्त गर्दै तृतीय भएको छ । 

प्रतियोगितामा २४ विद्यालय सहभागी थिए । ३० स्वर्ण पदक रहेकामा ११ विद्यालयले स्वर्ण पदक जित्न सफल भएका छन् । विद्या निकुञ्जले रनिङ सिल्डसहित नगद पुरस्कार रु २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ध्रुवराज पौडेलले जानकारी दिए । 

त्यसैगरी कालिकाले रु २० हजार, ट्रफी र प्रमाणपत्र तथा कर्मदाले रु १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा विजेता विद्यालय तथा विद्यार्थीलाई नगर प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामेलगायतले पुरस्कार प्रदान गरेका थिए । 

नगर प्रमुख त्रिपाठीले प्रतियोगिताले बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै अनुशासित बनाउने बताए । उनले भने, ‘खेलकुदको माध्यमबाट बालबालिकालाई प्रोत्साहन पनि मिल्नेछ ।’

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  २ : ३३ बजे

तेक्वान्डो खेलाडी विष्णु खत्री र रमिला लामालाई बेथानचोकको सम्मान 

काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कृति गरेको

‘असल न्यायाधीश’ को निधन

वाशिङ्टन– अदालतमा आफ्नो सहानुभूति र विनम्र व्यवहारका कारण इन्टरनेटमा चर्चित

एमाले सरकारमा गइरह्यो, अब समीक्षा गरौँ : भण्डारी

काठमाडौँ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले

थापागाउँबाट च्यासललाई पूर्वराष्ट्रपति भण्डारीको जवाफ : म एमाले कार्यकर्ता हुँ, संघर्ष गरिरहन्छु

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू निरन्तर नेकपा एमालेको कार्यकर्ता भएर

किसानलाई मल र सिँचाइ उपलब्ध गराउन सांसदको माग

काठमाडौं– प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले मल अभाव हुँदा किसानमा निराशा