सुप्रिम सहकारी ठगी प्रकरण : करोड धरौटी बुझाएर छुटे रवि लामिछाने « Khabarhub

सुप्रिम सहकारी ठगी प्रकरण : करोड धरौटी बुझाएर छुटे रवि लामिछाने


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । बैंक ग्यारेन्टीमार्फात उनले अदालतमा धरौटी बुझाएको बताइएको छ ।

यसअघि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लाद योगीको इजलासले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेश दिएको थियो ।

लामिछाने यसअघि गत पुस २५ गते पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा माघ २ गते काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रिहा भएका थिए । ती दुवै अदालतमा प्रभु बैंकले ग्यारेन्टी बसिदिएपछि रवि रिहा भएका थिए ।

रवि गत बुधबार रुपन्देही अदालतमा उपस्थित भएपछि यस प्रकरणमा सुनुवाइ भएको थियो । तर यस पटक रविलाई न्यायाधीश योगीले हिरासतमा नपठाई परिवारसँग रहने गरी श्रीमतीको जिम्मामा रहने सुविधा दिएका थिए । बिहीबारदेखि सुरु थुनछेक बहस सकिएपछि रविलाई धरौटीमा रिहा गर्ने आदेश भएको हो ।

यससँगै तीनवटा अदालतबाटै रविलाई जेल जानु नपर्ने गरी तत्काललाई राहत मिलेको छ। तर मुद्दाको अन्तिम किनारा लाग्दा जेल जानुपर्ने सम्भावना कायमै छ । तीनै अदालतले रविलाई सहकारी ठगी प्रकरणमा निदोर्ष मानिहाल्न सकिने आधार नरहेको टिप्पणी उठाएका छन् ।

आइतबार बाँकी रहेका रविका वकिलले बहस गरेपछि सरकारी वकिल र जाहेरवालाले जवाफी बहस गरेका थिए । रविविरुद्ध रुपन्देहीमा सहकारी ठगी र संगठित अपराधको मुद्दा चलेको थियो ।

बुधबार नै रविको बयान लिएपछि बिहीबारदेखि थुनछेक बहस भएको थियो। सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा रविको पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, रमण श्रेष्ठ, पशुपति भण्डारी र नारायण कँडेल लगायतले बहस गरे ।

याे पनि

सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई एक करोड धरौटी लिएर छाड्न आदेश

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ८ : ५७ बजे

स्थानीय तहलाई उन्नत बीउ उत्पादनमा अनुदान लिन आह्वान

काठमाडौं– कृषि विभागले उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रममा सहभागी

सञ्चारमन्त्रीले गरे सुरक्षण मुद्रणको निरीक्षण : २४ घण्टामै लाइसेन्स छापिने

काभ्रे – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको

मातातीर्थ औँसीमा प्रधानमन्त्री बालेन शाहको शुभकामना- नेपाल आमा हाँसेको हेर्न चाहन्छु

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औँसीको अवसरमा सम्पूर्ण आमाहरूमा शुभकामना

मातातीर्थमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिन मनाइने ‘आमाको मुख

जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति

धनुषा– मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ ।