सुडानको अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ७० पुग्यो « Khabarhub

सुडानको अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ७० पुग्यो


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

जेनेभा – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले सुडानको एल फसारमा रहेको साउदी शिक्षण मातृ अस्पतालमा हालै भएको आक्रमणको निन्दा गरेका छन् । उक्त आक्रमणमा ७० जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

डब्ल्यूएचओ प्रमुखले स्वास्थ्य सेवामा हुने आक्रमण तत्काल बन्द गर्न आह्वान गरे । गेब्रेयससले सामाजिक सञ्जाल पोस्टमा लेखे,“सुडानको एल फशरमा रहेको साउदी अस्पतालमा भएको भयानक आक्रमणमा १९ जना घाइते र ७० जना बिरामीको मृत्यु भएको छ । आक्रमणको समयमा, अस्पताल बिरामीहरूले खचाखच भरिएको थियो ।”

यसैबीच, साउदी अरेबियाको विदेश मन्त्रालयले अल फाशरमा रहेको साउदी अस्पताललाई निशाना बनाएको घटनालाई अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको भन्दै निन्दा गरेको छ ।

ट्विटरमा पोष्ट गरिएको एक विज्ञप्तिमा मन्त्रालयले भन्यो, “परराष्ट्र मन्त्रालयले साउदी अरेबियाले एल फशरमा रहेको साउदी अस्पताललाई निशाना बनाएको निन्दा गर्दछ, जसले गर्दा धेरै व्यक्तिको मृत्यु भएको छ । यो अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हो ।”

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ९ : ०४ बजे

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

केही पहाडी भूभागमा वर्षा र तराईमा तातो हावा चल्ने सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वार्ता चलिरहेकै बेला इरानमा अमेरिकी सेनाको आक्रमण

वाशिङ्टन – अमेरिकी सेनाले इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई आक्रमण

प्रतिनिधिसभा बैठक बस्दै, मतदाता नामावली विधेयक पारित गर्ने तयारी

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

आईपीएल : आज पहिलो क्वालिफायरमा आरसिबी र गुजरात भिड्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज पहिलो क्वालिफायरको खेल