हमासले थप ६ बन्दी रिहा गरेपछि गाजाबासी घर फर्किन पाउने | Khabarhub Khabarhub

हमासले थप ६ बन्दी रिहा गरेपछि गाजाबासी घर फर्किन पाउने


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

गाजा – हमासले यो साता थप ६ जना बन्दी रिहा गर्ने भएको छ। यसरी बन्दी रिहा भएपछि उत्तरका गाजाबासीलाई घर फर्कन दिइने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन्।

यसरी रिहा गरिने बन्दीमा अर्बेल यहुद पनि रहेकी छिन्। उनलाई नछाडेकै कारण इजरायलले उत्तरमा घर फर्कनेमाथि अवरोध सिर्जना गरेको थियो।

हमासले शनिबार चार इजरायली सैन्य महिलालाई छाडेको थियो इजरायलले जेलमा कैदी बनाइएकालाई इजरायलले छाड्नु अगावै आफ्ना सर्वसाधारण नागरिकलाई नछाडेर हमासले युद्ध विराम उल्लङ्घन गरेको आरोप लगाएको थियो।

युद्ध विराम लागु भएपछि सात बन्दी तथा दुई सय जना कैदी रिहा भइसकेका छन्। घर फर्किरहेका हजारौँ जना अहिले गाजामा इजरायलको अवरोधका कारण रोकिएका छन्। १९ जनवरीदेखि लागु भएको युद्ध विराममा दुई पटक बन्दी रिहा गर्ने काम भइसकेको छ। तेस्रो पटक हमासले शुक्रबार यहुद र अन्य दुई जनालाई छाड्ने छ। मध्यस्थ गरीरहेको कतारले दिएको जानकारी अनुसार शनिबार तीन जनालाई छाड्ने छ।

इजरायलले सोमबारदेखि गाजमा अलमलिनेलाई छाड्ने छ। साथै यो साता जेलमा रहेका प्यालेस्टाइनीलाई पनि छाड्ने छ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ६ : ५८ बजे

मधेश सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई अध्यक्ष लिङ्देनको निर्देशन

काठमाडौं– मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक होटेलमा बसेर

संसद् पुनःस्थापनाबारे कांग्रेसभित्र मतभेद

काठमाडौं– नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा मतभेद चर्किएको छ ।

मधेशको मुख्यमन्त्री नियुक्तिबारे विश्वप्रकाश भन्छन्– यो ‘अ–राजनीति’ले संघीयतालाई बदनाम गराउँछ

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहान ४

गण्डकी प्रदेशसभा बैठक आज बस्दै

कास्की– गण्डकी प्रदेशसभाको बैठक आज बस्दैछ । जेन–जी आन्दोलनका क्रममा

सरोज यादव कसरी बने मधेशको मुख्यमन्त्री ? 

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी सोमबार बिहान