कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै « Khabarhub

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि जारी रहने भएको छ । हिजो दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।

संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि दलको बैठक बस्न लागेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले  जानकारी दिए ।

बैठकमा संसद्को हिउँदे अधिवेशन, एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले हालै जारी गरेको अध्यादेशका विषयमा छलफल चलिरहेको छ ।

विधेयकका विषयमा एकजुट र एकीकृत धारणा बनाएर प्रतिरक्षा गर्ने, संसदमा पेश भएका विधेयक तिव्रताका साथ पारित गर्ने लगायतका विषयमा छलफल हुने घिमिरेले बताए ।

बैठकले माघ १८ गते सुरु हुने सङ्घीय संसदको हिउँदे अधिवेशनमा कांग्रेसको पोजिसन र एजेन्डाका बारेमा छलफल चलिरहेको प्रमुख सचेतक घिमिरेले जानकारी दिए ।

यही माघ १८ गतेदेखि सङ्घीय संसदका दुवै सदनको अधिवेशन सुरु हुँदैछ । 

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ७ : २१ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले