विप्लव समूह छाडेर लुटपाटको धन्दा– कञ्चटमा पेस्तोल राखेर लुट्थे सुन « Khabarhub

विप्लव समूह छाडेर लुटपाटको धन्दा– कञ्चटमा पेस्तोल राखेर लुट्थे सुन


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको छेदिङ्मो घर भएका २९ वर्षीय योर्साङ घले केही समय अगाडिसम्म नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सक्रिय कार्यकर्ता थिए ।

सरकारले प्रतिबन्ध लगाएपछि पार्टीका धेरै नेता भूमिगत भए । भूमिगत नेताहरुबाटै आएका निर्देशनानुसार योर्साङसहित उनका साथीहरु भने ‘पार्टीका काम’ गर्थे । पार्टीको काम गर्दा गर्दै केही साथीहरु पक्राउ परेपछि योर्साङले  ‘पार्टी’ छाड्ने निर्णय गरे ।

पार्टी छाडेर सर्वसाधारणको जीवन जिउन शुरु गरे । तर, उनको जीवन सर्वसाधारणजस्तो थिएन । किनकी, सर्वसाधारणदेखि ठूला व्यापारीहरुलाई धम्क्याएर सजिलै पैसा पाउन सकिन्छ भन्ने कुरा उनले ‘पार्टी’मा छँदा सिकिसकेका थिए ।

धन कमाएर ‘मोज’ गर्ने उनको चाहनाका लागि पार्टीमा छँदा सिकेको ‘शैली’ झन् सहयोगी बन्यो । र, शुरु गरे लुटपाटको अर्को धन्दा ।

रसुवा नाका हुँदै चीनबाट अवैध रुपमा भित्रिने सुन लुट्ने उनको प्रयास केही पटक विफल भएको थियो । यद्यपि, उनले सुन लुटेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यार्साङले राइफल देखाएर सुन लुट्ने गरेका थिए ।

केही महिना मात्रै अगाडि विप्लव समूह छाडेर ‘लुटेरा’ बनेका यार्साङ अहिले भने प्रहरीको हिरासतमा छन् । प्रहरीले शनिबारमात्रै यार्साङसहित उनका अन्य ७ जना साथीलाई काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरेको हो ।

उनीहरुको समूहले भदाै १९ गतेमात्रै एकजना सुनचाँदी व्यवसायीबाट नगदसहित सरसमान लुटेको थियो । उनीहरुले भदौ १९ गते काठमाडौंको गोंगबुबाट गहना पसल सञ्चालक योगेश विकको कञ्चटमा पेस्तोल ताकेर उनको साथमा भएको नगद र सरसामान लिएर भागेका थिए ।

योगेशले नै दिएको सूचनाका आधारमा प्रहरीले ८ जनालाई नै पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा यार्साङ घलेका अतिरिक्त गोरखाको अजिरकोट घर भएका ३८ वर्षीय कुशल अधिकारी, नुवाकोटको तारकेश्वर घर भएका २९ वर्षीय राम बहादुर तामाङ, नुवाकोटको विदुर घर भएका २५ वर्षीय राज तामाङ, धादिङ घर भएका २७ वर्षीय विजय तामाङ, नुवाकोटको विदुर घर भएका ३० वर्षी पिटर तामाङ, नुवाकोटकै तारकेश्वर घर भएका ३० वर्षीय राजन तामाङ र गुल्मीको इस्मा गाउँपालिका–५ घर भएका युवराज भण्डारी छन् ।

प्रहरीका अनुसार पक्राउ परेका यार्साङ घले र युवराज भण्डारी बाहेक सबैजना काठमाडौं महानगरपालिका–१६ स्थित हाई रेस्टुरेन्ट एण्ड बारका सञ्चालक हुन् । बारका प्रमुख सञ्चालक कुशल अधिकारी समेत हुन् । नेपाली सेनाका भगौडा अधिकारीले लुटपाटको योजना बनाएर अन्य व्यक्तिलाई समावेश गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले उनीहरुको साथबाट २ थान चाइनिज पेस्तोल, २ वटा म्यागेजिन र ४ राउण्ड गोली समेत बरामद गरेको छ । उनीहरुको साथबाट १ किलो नक्कली सुन, फलाम काट्ने औजार, विभिन्न व्यक्तिबाट लुटिएको पर्स, एटिएम कार्ड, मोबाइल, लुटिएको कपडा र मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ३ : ४८ बजे

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

संखुवासभा-२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चिचिला गाउँपालिका-१ बस्ने खाँदबारी

इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१% सेवा शुल्क लागू

काठमाडौं– इनड्राइभले नेपालका ड्राइभर पार्टनर्सका लागि अत्यन्त न्यून ०.०१% सेवा शुल्क

नवीन प्रवृत्तिका कारण भ्रष्टाचार नियन्त्रणमा चुनौती थपियो : अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा देखा परेका नवीनतम प्रवृत्तिहरूको

‘डन ३’ बाट बाहिरिएका रणवीरमाथि ४० करोड क्षतिपूर्तिको दबाब

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंह र निर्देशक–निर्माता फरहान अख्तरबीचको सम्बन्ध

सुक्खाबन्दरगाहमा छ महिनामा ५७२ रेल्वे र्‍याकमार्फत सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको छ महिनामा