‘पूर्णबहादुरको सारङ्गी– २’ घोषणाप्रति निर्देशकको असन्तुष्टि : मेरो सिर्जना कमाइ खाने भाँडो हुन लाग्यो | Khabarhub Khabarhub

‘पूर्णबहादुरको सारङ्गी– २’ घोषणाप्रति निर्देशकको असन्तुष्टि : मेरो सिर्जना कमाइ खाने भाँडो हुन लाग्यो


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बराल स्टारर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले सबैभन्दा बढी ग्रस कलेक्सन गरेर कीर्तिमान राखेको कारण चर्चामा छ ।

प्रदर्शनको करिब तीन महिना पुग्दा पनि यो फिल्म हलबाट उत्रिएको छैन । यस फिल्मको निर्माण कम्पनी सेभेन सिज सिनेमाले आइतबार एक कार्यक्रमको आयोजना गरी सफलता मनाएको थियो ।

त्यही कार्यक्रममा यसको सिक्वेल ‘पूर्णबहादुरको सारङ्गी–२’ निर्माणको घोषणा गरिएको थियो । सिक्वेल सेभेन सेभेन सिज सिनेमाकै ब्यानरमा बन्ने घोषणा गरिएको थियो । निर्माता विनोद पौडेल रहने बताइएको छ ।

सिक्वेल बन्ने विषयमा फिल्मका निर्देशक तथा लेखक सरोज पौडेलले भने आपत्ति जनाएका छन् । आफूसँग सल्लाह नभइ सिक्वेल घोषणा गर्नु उचित कदम नभएको उनको तर्क छ ।

उनले खबरहबसँग भने, ‘यो फिल्मको कथा मेरो सिर्जना हो । फिल्मका पात्रहरु मेरो नै सिर्जना हुन् । यसरी मेरो सिर्जनाको सिक्वेल बनाउँदा मलाई सामान्य जानकारी पनि गराइएन ।’

फिल्मले इतिहास राखेको हुनाले आफू सिक्वेल निर्माणको विपक्षमा केही अघिदेखि नै मत राख्दै आएको उनको भनाइ छ ।

उनले भने, ‘फिल्मले इतिहास राख्यो । फिल्मका मुख्य पात्र पूर्णबहादुर पहिलो भागमा मृत्यु भएको छ । कथा पूर्ण छ । इतिहास राखेको फिल्मलाई सिक्वेल बनाउ चलाउने पक्षमा म छैन । यसलाई इतिहासकै रुपमा राख्न चाहान्छु ।’

सिक्वेल बनाएर आफ्नो सिर्जनलाई निर्माता पौडेलले गरिखाने भाँडो बनाएको उनको तर्क छ । उनी भन्छन्, ‘सिक्वेलका नाममा दर्शकललाई हलमा तान्न निर्माता लागिपरेको मेरो बुझाइ छ । यसरी अरुको सिर्जनलाई व्यापारिक दृष्टिकोणले मात्रै हेर्नु दुखद कुरा हो ।’

यद्यपि सिक्वेल बनाउने भए आवश्यक प्रक्रिया पूरा गर्न निर्माता पौडेललाई उनको सुझाव छ । उनी भन्छन्, ‘मेरो सिर्जनाको सिक्वेल अरुले बनाउँदा मसँग केही प्रक्रियागत समन्वय गर्नु आवश्यक हुन्छ । यस विषयलाई ध्यान दिन म सुझाव दिन्छु ।’

‘पूर्णबहादुरको सारङ्गी’को सफलतासँगै सेभनसिन सिनेमा विवाद परिरहेका छ । यसअघि आर्थिक अपरादर्शिताका कारण निर्माताद्वय प्याट्रिक सुवेदी र रमेश ढकालले सेभेजसिज सिनेमा छोेडेका छन् ।

सफलताको खुसी साट्न आयोजना गरिएको कार्यक्रममा यी दुवै निर्माता अनुपस्थित रहे ।

सुबेदी र ढकालको बहिर्गमनपछि पौडेलले सेभनसिज सिनेमालाई एक्लै हाँक्दै आएका छन् । यस ब्यानरको फिल्मको आगामी फिल्म ‘रोल नम्बर १’ हो ।

‘पूर्णबहादुरको सारङ्गी-२’ निर्माण घोषणा गरे निर्देशक पौडेललको असन्तुष्टिले कानुनी झमेला आउन सक्ने देखिन्छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ३ : १६ बजे

सिभिल अस्पतालबाट ३ सय ६६ जना डिस्चार्ज, ९ जनाको उपचार हुँदै 

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका क्रममा

बङ्गलादेशमा युनुसको नेतृत्वमा चुनाव गर्न चुनौती

ढाका- विद्यार्थी नेतृत्वको विद्रोहपछि पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षे निरङ्कुश

जेन–जीलाई कर्णालीको सन्देश : आन्दोलनलाई अवसरमा बदलौँ

भदौ २३ को दिन नेपाली इतिहासमा एउटा महत्वपूर्ण मोडको रुपमा

चितुवाले आक्रमण गर्दा एक जनाको मृत्यु

नेपालगञ्ज– यहाँको राप्तीसोनारी गाउँपालिका–३ सिनावासमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु

आगजनी र तोडफोडका घटनाको छानबिन गर्न माग

कर्णाली– कर्णाली प्रदेशका राजनीतिक दलका नेताहरूले जेन-जी प्रदर्शनका क्रममा भएका