हाम्रा सन्ततिलाई आत्मनिर्भर बन्ने बाटोतर्फ प्रेरित गराैँ : प्रचण्ड « Khabarhub

हाम्रा सन्ततिलाई आत्मनिर्भर बन्ने बाटोतर्फ प्रेरित गराैँ : प्रचण्ड


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा जनशक्ति विदेश पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन् । 

तेह्रथुमको लसुनेमा धनरूप स्मृति पार्कको सोमबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभक्तिको भावनामा कमी, माटोको माया नगर्ने प्रवृतिका कारण विदेश जाने प्रवृत्ति बढ्दै गएको बताए ।

‘मलाई कता–कता आजभोलि देशभक्तिको भावना कमी हुँदै गएको हो कि ?, आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको हो कि ? भन्ने चिन्ता लागेको छ । म आम समुदायलाई अपील गर्न चाहन्छु,’ प्रचण्डले भने, ‘हामी हाम्रा छोराछोरीलाई, हाम्रा सन्ततिलाई देशको माया, माटोको माया, हाम्रो प्रकृतिले दिएका साधन स्रोतको सदुपयोग गरेर हामी आफैँ धनी, आफैँ आत्मनिर्भर बन्ने बाटो तर्फ प्रेरित गरौँ । विदेश पठाउन हतार नगरौँ ।’

देश प्राकृतिक साधन–स्रोत, जनशक्तिको दृष्टिकोण तथा नागरिकको मिहिनेत र पराक्रमका दृष्टिले अब्बल रहेको भन्दै अध्यक्ष प्रचण्डले क्षमता र साहसका दृष्टिकोणले उत्कृष्ट नागरिक नेपाली हुन भन्ने स्थापित भएका कारण नेपालीले यहीँका सम्भावनालाई अवसरमा बदल्नुपर्नेमा जोड दिए ।

अध्यक्ष प्रचण्डले आफू भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा, सामाजिक विभेदविरुद्ध, सामाजिक न्यायको पक्षमा र आर्थिक पछौटेपनविरुद्ध आर्थिक समृद्धिका पक्षमा अपील गर्दै देशको पूर्वदेखि पश्चिमसम्म विभिन्न कार्यक्रममा सहभागी भइरहेको पनि बताए ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ३ : ०६ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण