पैसाका लागि राजनीति हुन थाल्यो : शेखर कोइराला « Khabarhub

पैसाका लागि राजनीति हुन थाल्यो : शेखर कोइराला


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका लागि हुन थालेको बताएका छन् । 

नोना कोइराला स्मृति प्रतिष्ठानले सोमबार विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता, पैसाको पछि हिँडिरहेको टिप्पणी गरे । उनले तीनै तहको सरकारमा बसेको अधिकांश व्यक्तिहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भएको बताए ।

 ‘अहिले राजनीतिलाई व्यावसायिकीकरण गरिँदै छ । राजनीति भनेको पेसा, व्यवसाय होइन सेवा हो,’ उनले थपे, ‘पैसै कमाउने हो अन्य थुप्रै विकल्पहरू छन् । तर राजनीति गर्नु भनेको समाजसेवा गर्नु हो ।’ 

जनप्रतिनिधिहरु लोभ र लालचमा फस्न नहुनेमा उनको जोड थियो । नेता कोइरालाले सरकारले संसदलाई पर सारेर अध्यादेश ल्याएकोमा आपत्ति जनाए । उनले संसद् बस्ने समय नजिकिँदै गर्दा हतारमा अध्यादेश ल्याउँदा आमजनतामा आशंका देखिएको टिप्पणी गरे ।

 ‘हतारहतार अध्यादेश ल्याउनुपर्ने कुनै जरुरी थिएन । अध्यादेशमा केही खोट छ कि, सरकारको केही स्वार्थ छ कि भन्ने आमजनतामा परेको छ,’ उनले भने, ‘संसदमै पेश गर्दा पनि कांग्रेस र एमाले मिल्दा झण्डै दुई तिहाइको सङ्ख्या छ । सजिलै पास हुन्थ्यो । संसद् छलेर सरकारले जुन अध्यादेश ल्याएको छ त्यो ठिक भएन ।’ 

नोना कोइरालाको १८ औं स्मृति दिवसको अवसर आयोजित कार्यक्रममा कोइरालाले नोना कोइरालाले आफूलाई नैतिकता र इमानदारिताको पाठ सिकाएको बताए । इमानदारिता र नैतिकता नभए राजनीति गर्ने व्यक्ति कहिल्यै पनि अगाडि बढ्न नसक्ने उनको भनाइ थियो ।  

कार्यक्रममा यस वर्षको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको थियो । नेता डा. कोइराला र प्रतिष्ठानकी अध्यक्ष पूनम कोइराला लगायतले पत्रकार नेपाललाई दोसल्ला ओढाएर २५ हजार नगद सहित सम्मानपत्र प्रदान गरेका थिए । 

प्रतिष्ठानले हरेक वर्ष स्मृति दिवसको अवसर पारेर सो पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ६ : ०३ बजे

कांग्रेसले तयार पार्‍यो क्रियाशील सदस्यता वितरणको मापदण्ड

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता वितरणको

भोजपुरमा एमालेलाई झट्का, युवा नेता ध्रुव राई हर्कको श्रम संस्कृति पार्टीतिर

काठमाडौं– नेकपा एमालेको कोशी प्रदेश कमिटी सदस्य तथा भोजपुरका युवा

विद्युतीय शवदाह मेसिन खरिद प्रकरणः कागजात झिकाउन र प्राविधिक जाँच गराउन आदेश

काठमाडौं – विशेष अदालतले पशुपति क्षेत्र विकास कोषमार्फत गरिएको विद्युतीय

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक