आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षामा शत प्रतिशत उत्तीर्ण « Khabarhub

आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षामा शत प्रतिशत उत्तीर्ण


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयुर्वेद चिकित्सकको पहिलो पटक भएको लाइसेन्सिङ परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नेपाल आयुर्वेदिक मेडिकल काउन्सिलले भदौ १४ गते पहिलोपटक आयुर्वेदिक चिकित्सकको लाइसेन्स परीक्षा लिएको थियो । परीक्षामा सहभागी ६८ जना आयुर्वेद चिकित्सकहरु उत्तीर्ण भएका हुन् ।

पहिलो पटक लिएको परीक्षामै शतप्रतिशत आयुर्वेद डाक्टरहरु परीक्षामा सफल भएको काउन्सिलले जनाएको छ ।  गत भदौ १४ गते लिइएको लाइसेन्स परीक्षाको नतिजा आइतबार प्रकाशित भएको हो ।

काउन्सिलले अब आयुर्वेद चिकित्सकको दर्ता प्रमाणप्रत्र (लाइसेन्स) परीक्षा प्रत्येक ६ महिनामा सञ्चालन गर्ने जनाएको छ । काउन्सिलमा दर्ता हुन बीएएमएस तह उत्तीर्ण गरी कम्तीमा ६ महिना इन्टर्नसीप गरेका आयुर्वेद चिकित्सकले परीक्षामा सहभागी हुन पाउनेछन् ।

यसअघि लाइसेन्स परीक्षा नदिइ आयुर्वेद चिकित्सकले लाइसेन्स पाउँदै आएका थिए । अब भने लाइसेन्सका लागि आयुर्वेदिक चिकित्सकले परीक्षा पास गर्नुपर्ने हुन्छ ।

हेर्नुस् नजिता

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ५ : १७ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको